राप्रपा नेपालका अध्यक्ष कमल थापाले विगतका त्रुटि, कमीकमजोरीहरुलाई सच्याएर पार्टीलाई सशक्त रुपमा अगाडि बढाउने प्रतिवद्धता दोहराउनुभएको छ ।

मंगलबार काठमाडौंमा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन नेपालको घोषणा सभालाई सम्बोधन गर्दै थापाले पार्टीलाई ठूलो बनाउने नाममा धेरै गल्तीहरू भएकाले अब त्यस्ता गल्तीबाट पाठ सिकेर पुनर्जागृत राप्रपा नेपाललाई सुदृढ बनाएर लैजाने प्रतिवद्धता दोहराउनुभएको हो ।

नेपालको राष्ट्रिय राजनीतिमा राप्रपा नेपाल अरु पार्टी भन्दा फरक बिचार र पहिचान बोकेर हिडेको पार्टी भएको भन्दै उहाले लक्ष्य अनुसार अघि बढ्न अव कसैले रोक्न नसक्ने तर्क गर्नुभयो । थापाले सनातन धर्म संस्कृति र परम्पराकोे रक्षा गर्दै सुशासनको माध्यमबाट आर्थिक समृद्धि हासिल गर्न सकिने उल्लेख गर्नुभयो ।

त्यस्तै उहाले अहिले देशका हरेक क्षेत्रमा महिलाको उपस्थीतिलाई बढाउन र महिलाको हकहित र अधिकारको रक्षा गर्न प्रतिवद्ध भएर लाग्ने धारणा पनि राख्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय