नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले अब प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनु गलत निर्णय हुने जनाउनु भएको छ।

एक टेलिभिजन अन्तर्वार्तामा नेता डा. रावलले भन्नुभयो “हिजो एमालेका अध्यक्षको कदमले परिस्थिति यस्तो थियो कि हामीले शेरबहादुर देउवालाई समर्थन गर्नु परेको थियो तर अहिले एमाले एकता तर्फ लागेको छ र परिस्थिति पनि बद्लिएको छ त्यसैले अब एमाले एकजुट भएर विपक्षीलाई विश्वासको मत दिनु गलत निर्णय हुन्छ।”

माधव कुमार नेपालले हिजो शेरबहादुर देउवालाई विश्वासको मत दिने वाचा गरेको बारे नेता डा रावलले भन्नुभयाे “माधव नेपालले आफू एक्लै कुनै निर्णय गर्न पाउनुहुन्न। अघिल्लो निर्णयहरु पनि सामुहिक निर्णय गरेका थियौं, त्यसैले विश्वासको मत दिनु उहाँको एक्लो निर्णयले हुदैन। एमाले एकताको लागि अहिले देउवालाई विश्वासको मत दिनु गलत हुन्छ।”

डा. भीम रावलले अहिले केपी ओली विरुद्ध भन्दा पनि एमाले एकताको लागि कदम लिनुपर्ने बताउनुभएको छ। १० बुंदे सम्झौता माधव नेपालको सहमतिमा गरिएको थियो र अब माधव नेपालले त्यो सम्झौता विरुद्ध जान्छु भन्नु पनि गलत रहेको टिप्पणी गर्नुभएको थियो।

केपी ओली गुटमा डा. भीम रावल लागेको आरोपलाई समेत खण्डन गर्दै नेता डा. रावलले भन्नुभयो “म कुनै गुटमा छैन र मलाई कुनै पदको लोभ पनि छैन। हिजो पनि र आज पनि म माधव नेपाल संगै छु। तर माधव नेपालले पनि गल्ती गर्नुभयो भने मैले मान्नै पर्छ भन्ने हुदैन। हामी कसले के भने भन्दा पनि हाम्रो समूहले के निर्णय गर्छ भन्ने मूल विषय हो।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय