twitter sharing button
messenger sharing button
sharethis sharing button

 

सत्तारुढ गठबन्धनको बैठक सम्पन्न भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सरकार विस्तारको कामलाई छिटोभन्दा छिटो अगाडि बढाउने विषयमा सहमति भएको नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिनुभयो।

मन्त्रीपरिषद् विस्तारका लागि सत्ता सहयात्री दलहरुले आ–आफ्नो प्राविधिक विषयहरु तत्काल टुंगोमा पु-याउनुपर्ने विषयमा पनि छलफल भएको महामन्त्री खड्काले बताउनुभयो। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारका न्यूनतम साझा कार्यक्रमको टुंगो तत्काल लगाउन महामन्त्री खड्काको नेतृत्वमा रहेको कार्यदललाई निर्देशन दिनुभएको थियो।

बालुवाटार बैठकमा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालका पक्षबाट पोलिट्ब्यूरो सदस्य डा. विजय पौडेल पनि सहभागी हुनुभएको थियो।

ntv

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय