नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले न्याय क्षेत्र ध्वस्त भएको बताउनुभएको छ। बुधबार निजी निवास बालकोटमा नेपाल बार एसोसिएसनको ज्ञापन पत्र बुझ्दै अध्यक्ष ओलीले पैसा हुनेले मात्रै न्याय पाउने अवस्था अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो।

‘न्यायालयप्रति बोल्न नपाउँदा यस्तो स्थिति आएको हो, स्वतन्त्रताको सदुपयोग हुनुपर्छ,’ उहाँको भनाइ थियो, ‘न्यायमूर्ति निष्पक्ष र न्यायिक मर्यादाभित्र रहनुपर्छ स्वच्छ नैतिकवान हुनुपर्छ।’अध्यक्ष ओलीले संसदलाई छलेर परमादेशबाट प्रधानमन्त्री छानिएसँगै न्यायिक विचलन देखिएकोसमेत उल्लेख गर्नुभयो। उहाँले बारका पदाधिकारीलाई प्रधानन्यायाधीशलाई मात्रै महाभियोग लगाउने प्रस्ताव पूर्ण नभएको, महाभियोग लगाउने होभने पाँचैजना न्यायाधीशकाे बारेमा प्रतिवेदन तयार गर्नुपर्छ, होइनभने महाभियोगकाे प्रस्ताव दर्ता नै हुँदैन र केही गरेर भइहाल्यो भनेपनि पास हुँदैन भन्नुभयो।

अध्यक्ष ओलीले आफ्नो दलसँग एक तिहाइभन्दा बढी मतमात्रै रहेकाले सवै दलबीच सहमति आवश्यक रहने बताउनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय