हामी अायाैं फरक शैली र माैलिकता बाेकेर

अादरणीय पाठकमित्रहरु !

प्रेम शान्ति मानवीय प्रगति र विश्व भातृत्वकाे सम्बाहक डाँफे टिभी.कमले अाफ्नाे एक बर्षकाे परीक्षणकाल सफलतापूर्वक पार गरेको छ। हामी पत्रकारीताकाे मूल्य मान्यता र अादर्शलाई पूर्णरूपमा पालना गर्दै नेपाली अङ्ग्रेजी र हिन्दी भाषामा अनलाइन पत्रकारीता गरिरहेका छाैं। पत्रकारीता पेशालाई उच्च सम्मानित र जनताको पक्षमा राख्न हामी सदैब ईमानदार प्रयास गर्नेछौं।

पत्रकार र पत्रकारिता भनेको न्यायालय होइन। यो देश जनता र विश्व समुदायको अवस्थालाई पाठकमाँझ जस्ताको त्यस्तै राखिदिने ऐना हो। यो जिम्मेवारी तपाईंको सहयोग बिना सम्भव छैन। बर्खे च्याउ उम्रिए जसरी देखिएका अनलाइन मिडियाको माँझमा हामी पनि उम्रिने जमर्को गरिरहेका छाैं केही फरक शैली र माैलिकता बाेकेर। हामी अाफ्नाे जन्मसँगै तीनवटा भाषामा प्रकाशित भइरहेका छाैं।

यो युग सुचनाकाे युग हो। खाना नखाइकन केही दिन बाँच्न सकिन्छ, तर सुचनाबिना मानवजीवन पशु समान हुन्छ। गलत समाचार र सुचनाले ब्यक्ति समाज र राष्ट्रलाई नै भ्रमित र दिशाहिन बनाउँछ। हामीले राम्रोसँग बुझेका छाैं। हामी सही सत्य सुचना वा समाचार दिन प्रतिवद्ध छाैं र अाफ्नाे प्रतिवद्धता पूरा गर्न ईमानदार प्रयास गर्नेछौं। यसै सन्दर्भमा हामी जस्तोसुकै परिस्थिति र अवस्थामा पनि देशको एकता अखण्डता सार्वभौमसत्ता र स्वतन्त्रताको पक्षमा सगरमाथा जस्तो ठाेस अडान ब्यक्त गर्दछौं। कुनै कारणबाट हामी विचलित हुन थालेको वा हाम्रो कामले जनता र देशको पक्षमा रत्तिभर असर पुग्ने अवस्था अाउन थालेको देख्नु बुझ्नु भयो भने समयमै खबरदारी गर्ने जिम्मेवारी तपाईंलाई दिन्छौं। हामी बीचको एकता र अापसी विश्वासबाट स्वच्छ निश्पक्ष र देशभक्तिपूर्ण भूमिका सम्भव छ। तपाईंको साथ सहयोग र समर्थनकाे अपेक्षा गरेका छाैं।

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *