एमाले फुटाउन २७ करोड उठाएका थिए स्थापितले

एमाले फुटाउन २७ करोड उठाएका थिए स्थापितले

नम्बर प्रदेश सरकारबाट बर्खास्तमा परेका मन्त्री केशव स्थापितले दुई दशकअघि नेकपा एमाले फुटाउन २७ करोड रुपैयाँ उठाएको बताएका छन। उनले पार्टी नेता वामदेव गौतमको इशारामा यसो गरेको र जम्मा भएको रकमको बिल तत्कालीन लेखा समिति सदस्य रघुवीर महासेठलाई दिने गरेको बताएका छन। नयाँ पत्रिका दैनिकमा केशव स्थापित सम्बन्धि समाचार छापिएको छ।

मध्यपृष्ठमा छापिएको समाचारमा भनिएको छ, ‘युवा संघको अध्यक्ष हुँदा पार्टीका नेताहरुको रेखदेख र नियन्त्रणको जिम्मा पाएको हुँ। लोकेन्द्रबहादुर चन्दसहित एमालेको सरकार बनाउने काममा पार्टीका नेता, सांसदहरुलाई होटलमा समिटमा लगेर थुनेको हुँ। फुलनदेवीको ‘बेन्डिट क्वीन’ फिल्म देखाएको हुँ। यस्तो काममाको विरोध राप्रपाका नेताले गरे तर हाम्रा नेताहरुले आरामले फिल्म हेरे। पछि माधवकुमार नेपालले सोध्दा सबै बताइदिएँ।’

नेपालगञ्ज महाधिवेशनपछि पार्टी विभाजन हुँदाको सम्झनामा स्थापितले भनेका छन: ‘होटल शंकरमा लगेर मनमोहन अधिकारीलाई राखियो, हामीलाई भेट्न पनि दिइएन। महाकाली सन्धी विरोधीमाथि कुटपिट भएकै हो। काठमाडौं महानगरको मेयर थिएँ। वामदेव गौतम कमरेडले पार्टी फुटाउन पैसा चाहिन्छ, जोहो गर्नुहोस् भने। मैले व्यापारीसँग मागेँ। रसिद रघुवीर महासेठलाई बुझाएँ। पछि थाहा भयो, २७ करोड जम्मा भएछ।’

स्थापितले ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई पनि कटाक्ष गरेका छन्, ‘मुख्यमन्त्री भएर एउटा वडाको वडाध्यक्ष जस्तो भूमिका गर्ने। डेढवर्षपछि केशव स्थापित मुख्यमन्त्री हुने र डोरमणिले भजनकीर्तनमा समय बिताउने भन्ने सहमति भएको थियो, एकवर्षमै षड्यन्त्र गरेर मलाई निकाले। प्रधानमन्त्री केपी ओलीलाई पनि निकालेपछि जानकारी दिए। प्रधानमन्त्रीलाई सुनाएछन्, ‘म केशवसँग कामै गर्न सक्दिनँ, मलाई झण्डै मारेको केशवले।’
तस्बिर: फाईलबाट

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *