Categories
समाचार

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई हेलिकप्टरबाट काठमाडौँ लगियो

जनकपुर, १५ जेठः

नागरिकता कसुरमा विगत सात दिनदेखि जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा रहनुभएका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई उपचारका लागि काठमाडौं हेलिकप्टर मार्फत लगिएको छ ।

गत शुक्रबार राति उच्च रक्तचाप र मुटुको चालमा गडबडी देखिएपछि उहाँलाई जनकपुरस्थित काव्या अस्पतालमा भर्ना गरिएको थियो । उहाँको उपचारमा संलग्न चिकित्सकले सुविधासम्पन्न अस्पतालमा उपचार गर्न सिफारिस गरेपछि उहाँलाई काठमाडौँ लगिएको हो ।

सोमबार तेस्रोपटक म्याद थपका लागि जिल्ला अदालत धनुषामा उपस्थित हुन उहाँ अस्पतालबाट एम्बुलेन्समा आउनुभएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रञ्जन अवालेले चिकित्सकबाट काठमाडौँ लगेर उपचार गर्न सिफारिस भएपछि सरकारी वकिलसँगको परामर्शमा अध्यक्ष सिरोहियालाई काठमाडौँ पठाउने निर्णय भएको जानकारी दिनुभयो ।

(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *