रूसी विपक्षी नेता नभाल्नीको मृत्युबारे छानबिन गर्न राष्ट्रसङ्घ र विश्वका नेताहरूको आग्रह

रूसी विपक्षी नेता नभाल्नीको मृत्युबारे छानबिन गर्न राष्ट्रसङ्घ र विश्वका नेताहरूको आग्रह

मस्को, ५ फागुन :

रूसी प्टिन प्रशासनको प्रखर आलोचक तथा विपक्षी नेता एलेक्सी नभाल्नीको जेलमा भएकाके मृत्युपछि संयुक्त राष्ट्रसङ्घ र विश्वका प्रमुख शक्ति राष्ट्रका नेताहरूले घटनाको छानवीन गर्न आग्रह गरेका छन् ।

रूसमा पछिल्लो दशक सबैभन्दा प्रखर प्रतिपक्षी नेताको छवि बनाएका नभाल्नीको जेलमा निधन भएको कारागार प्रशासनले शुक्रवार जनाएको थियो ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले ‘हिरासतमा भएको भनिएको नभाल्नीको मृत्युको परिस्थितिबारे पूर्ण विश्वसनीय तथा पारदर्शी छानबिन’ हुनुपर्ने माग गर्नुभएको छ ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसका प्रवक्ताले नभाल्नीको मृत्युबाट महासचिव स्तब्ध भएको बताएका छन् ।

एलेक्सीको नभाल्नीको मृत्युको विवरणले राष्ट्रसङ्घका महासचिव गुटेर्रेस ‘स्तब्ध भएको’ उहाँका प्रवक्ताले बताउनुभएको छ । यसैगरी राष्ट्रसङ्घको मानवअधिकार कार्यालले स्वतन्त्र निकायमार्फत् घटनाको छानबिन हुनुपर्ने माग गरेको छ । ‘बिनाकारण जस्तो देखिएको’ नभाल्नीको कारावासबारे पनि आफूले बारम्बार कुरा उठाएको कार्यालयले आफ्नो विज्ञप्तिमा उल्लेख गरेको छ ।

अमेरिकाका राष्ट्रपति जो बाइडेनले घटनाका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन जिम्मेवार रहेको दावी गर्दै यसको निष्पक्ष छानवीन हुनुपर्ने बताउनुभएको छ ।

राष्ट्रसङ्घीय मानव अधिकार आयुक्त फोल्कर ट्यूर्कले गत वर्ष नभाल्नीलाई सुनाइएको लामो सजायले रूसले अदालती प्रणालीलाई राजनीतिक उद्देश्यका लागि प्रयोग गरेको देखाएको बताउनुभएको छ । “यदि कोही राज्यको हिरासतमा मर्छ भने त्यसका लागि राज्य जिम्मेवार हुने अन्तरराष्ट्रिय मान्यता छ,” राष्ट्रसङ्घले भनेको छ ।

नभाल्नीको मृत्युको घोषणापछि ह्वाइट हाउसमा बोल्दै अमेरिकी राष्ट्रपति जो बाइडनले आफूलाई उक्त घटनाले ‘अचम्भीत र आक्रोशित’ तुल्याएको बताउनुभएको छ ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको प्रखर आलोचक रहेका नभाल्नीको ‘वीरता’को प्रशंसा गर्दै बाइडेनले सन् २०२० मा विष दिइएपछि नभाल्नी निर्वासनमा देशबाहिर रहनसक्ने भएपनि उहाँले त्यसो नगरेको बताउनुभयो ।

“पुटिन जे थिएनन्, नभाल्नी त्यही थिए,” बाइडेनले नाभाल्नीको विशेष क्षमताबारे बताउनुभयो । उहाँले थप्नुभयो, “गल्ती नगरौँ, नभाल्नीको मृत्युका लागि पुटिनले जिम्मेवार छन् ।”

म्युनिखबाट अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले पुटिनको मृत्यु ‘पुटिनको क्रूरताको सङ्केत’ भएको बताउनुभएको छ ।

जर्मनीका चान्सलर ओलाफ स्कोल्जले नाभाल्नीको मृत्यु रूसी जनताका लागि ‘ठूलो त्रासदी’ भएको बताउनुभएको छ ।

बेलायतको विदेश मन्त्रालयले नाभाल्नीको मृत्युका लागि रुसी अधिकारीलाई पूर्ण रुपमा जिम्मेवार ठह¥याउन रुसी दूतावासलाई बोलाएको जनाएको छ ।

यसैगरी बेलायतका विदेशमन्त्री डेभिड क्यामरूनले नभाल्नीको मृत्युको परिणाम रूसले भोग्नुपर्ने चेतावनी दिनुभयो । जर्मनीमा जारी म्यूनिख सुरक्षा सम्मेलनमा क्यामरूनले भन्नुभयो, “रूसले यसको परिणाम बेहोर्नुपर्नेछ ।”

लातभियाका राष्ट्रपति एडगर्स रिन्केभिक्सले ‘क्रेमलिनले नभाल्नीको निर्मम हत्या गरेको’ बताउनुभउको छ । त्यसैगरी, फ्रान्सका विदेशमन्त्री स्टेफन सेजोर्नले नभाल्नीको मृत्युले ‘पुटिनको शासनको वास्तविकताको सम्झना गराएको’ बताउनुभएको छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले विगत दुई वर्षदेखि रूसी सेनासँग लडिरहेका बेला क्रेमलिनका आलोचकको हत्या भएको बताउनुभएको छ ।

नाभाल्नी सन् २०२१ को फेब्रुअरीमा नभाल्नी सन् २०१४ मा सुनाइएको सजाय उल्लङ्घन गरेको आरोपमा जेल पर्नुभएको थियो । उहाँलाई सन् २०२० मा आफ्नो अवस्थाबारे प्रहरीलाई नियमित खबर नगरेको आरोप लगाइएको थियो ।

रुसमा नाभाल्नीको सम्झनामा गरिएका शोक सभाबाट एक सयभन्दा बढी पक्राउ

रूसी प्रहरीले विपक्षी नेता एलेक्सी नाभाल्नीको स्मृतिमा राखिएको शोक कार्यक्रमका सहभागी स्मारकमा १०० जनाभन्दा बढीलाई हिरासतमा लिएको ओभीडी–इन्फो नामक मानव अधिकारवादी समूहले शनिबार जनाएको छ ।

क्रेमलिनका ४७ वर्षीय क्रेमलिनका कट्टर आलोचक नभाल्नीको रूसको आर्कटिकमा १९ वर्षको जेल सजाय काटिरहेका बेला मृत्यु भएको शुक्रबार रूसी अधिकारीहरूले बताएका थिए ।

मृत्युको खबरलेरूसभित्र र बाहिर रहेका नाभाल्नीका समर्थक तथा प्रशंसकहरू शोकमा डुबेका छन् ।

रूसका अस्थायी स्मारकहरूमा फूल राख्न मानिसहरू भेला भएका थिए र केही घटनामा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको सामाजिक सञ्जालमा सम्प्रेषित फुटेजले देखाएको छ ।

ओभीडी–इन्फोका अनुसार फेब्रुअरी १७ सम्ममा रूसको दोस्रो ठूलो शहर सेन्ट पिटर्सबर्गका ६४ सहित १० शहरमा १०१ भन्दा बढीलाई हिरासतमा लिइएको छ ।

राजधानी मस्कोमा ११ जना र निज्नी नोभगोरोड, क्रास्नोडार, रोस्तोभ–अन–डन र ट्वेर शहरमा ११ जनालाई हिरासतमा लिइएको छ ।

रूसमा असहमति विरोधी कडा कानुनअन्तर्गत विरोध प्रदर्शन गैरकानुनी छ र अधिकारीहरूले नभाल्नीको समर्थनमा हुने ¥यालीमा कडाइ गरेका छन् ।

रूसको राजधानी मास्कोको मध्यभागमा हुने विशाल ¥यालीमा भाग लिन अनलाइनमार्फत गरिएको आह्वानबारे आफूहरू जानकार रहेको र त्यहाँ उपस्थित नहुन चेतावनी दिइएको रूसी प्रशासन र सरकारी अधिकारीहरूले शुक्रबार बताएका छन् ।

(रासस/एएफपी)

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *