शिक्षा–स्वास्थ्य क्षेत्रलाई दलीय राजनीतिबाट मुक्त गर्नुपर्ने

शिक्षा–स्वास्थ्य क्षेत्रलाई दलीय राजनीतिबाट मुक्त गर्नुपर्ने

महेन्द्रनगर (धनुषा), ५ फागुन :

मुख्यमन्त्री सरोजकुमार यादवले विकास–निर्माण, शिक्षा र स्वास्थ्य क्षेत्रलाई दलीय राजनीतिबाट मुक्त गर्नुपर्नेमा जोड दिनुभएको छ ।

मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको आज जनकपुरधाममा आयोजित तेस्रो वार्षिक समारोहमा मुख्यमन्त्री यादवले शिक्षा, स्वास्थ्यजस्ता विकासका आधारभूत संरचनामा दलीय राजनीति अनुपयुक्त हुने भन्दै विकास–निर्माणका कामका लागि बजेटको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । यसअघि प्रदेशमा बजेटको सकसबारे उठेको प्रश्नको जवाफमा उहाँले प्रतिष्ठान सञ्चालनका लागि चाहिने रकममा कन्जुस्याइँ नगरिदिन आग्रह गर्नुभयो ।

सामान्य उपचारका लागि काठमाडाँै, धरान, चितवन जानुपर्ने बाध्यता अन्त्य गर्न र गुणस्तरीय सेवा प्रवाह गर्न चिकित्सकहरुलाई अनुरोध गर्दै मुख्यमन्त्री यादवले बजेट पुगेन भनेर माग उठाइरहनुभन्दा उपलब्ध स्रोत र साधनको समुचित उपयोग गर्नुपर्ने बताउनुभयो ।

मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यही महिनाभित्रमा उपकुलपति नियुक्त गरिने उहाँले जानकारी दिनुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री एवं सहकुलपति वीरेन्द्रप्रसाद सिंहले प्रतिष्ठानलाई अध्ययन–अध्यापनको गौरवमय संस्था बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिष्ठानका रेक्टर प्राडा अङ्कुर साहको अध्यक्षतामा भएको समारोहमा रजिष्ट्रार प्राडा विनोद यादवले प्रतिष्ठानको प्रगति र भावी कार्यदिशाबारे प्रकाश पार्नुभएको थियो ।

राष्ट्रिय समाचार समिति (रासस)

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *