Homeचीनचिनियाँ राष्ट्राध्यक्ष र ब्रुनाइका सुल्तान बीच भेट

चिनियाँ राष्ट्राध्यक्ष र ब्रुनाइका सुल्तान बीच भेट

spot_img

स्थानीय समय अनुसार, नोभेम्बर १६ तारिख अपरान्ह चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले सान फ्रान्सिस्कोमा ब्रुनाइका सुल्तान हाची हासानाल बोल्किआहसँग भेट गर्नुभएको छ।

सो अवसरमा राष्ट्राध्यक्ष सीले भन्नुभयोः चीन र ब्रुनाई बीचको परम्परागत मित्रता लामो समयदेखि निरन्तर चलिरहेको छ। एक अर्काको विश्वासिलो तथा समर्थन दिने असल साझेदार हुन्। दौत्य सम्बन्ध स्थापना भएको ३० वर्षयता, आपसमा राजनैतिक विश्वास गहन रूपमा बनाउँदै विकास रणनीति सक्रियताका साथ जोडिनुका साथै विभिन्न क्षेत्रमा भएका वस्तुगत सहयोगहरूबाट पनि फलदायी उपलब्धि हासिल भएका छन्। अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मामिलामा राम्रो सम्पर्क चलिरहेको छ। जसबाट ठूलो र सानो मुलुक बीच सम्मान व्यवहार भएको छ साथै हितयुक्त जीत-जीत सम्बन्धको नमूना राखिएको छ। यसबाहेक, दुवै देशले क्षेत्रीय शान्ति, स्थिरता, विकास तथा समृद्धिका लागि सकारात्मक योगदान दिँदै आएका छन्।

चालू वर्ष चीन-ब्रुनाइ बीच रणनैतिक सहयोगात्मक साझेदारी सम्बन्ध स्थापना भएको पाँचौँ वर्ष हो। भविष्यबारे चर्चा गर्दै राष्ट्राध्यक्ष सीले यसरी भन्नुभयोः चीनले ब्रुनाइसँग मिलेर पारस्परिक सम्बन्धको नयाँ विकास गर्दै बेल्ट एण्ड रोड सहयोगको उच्च गुणस्तरीय विकासलाई निरन्तरता दिँदै जाने इच्छा लिएको छ। दुई देशका जनताका लागि अझ बढी हित कल्याण सिर्जना गर्ने आशा पनि चीनले लिएको छ।

(CRI)

spot_img
RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular