Homeकुटनीतिअमेरिकाबाट चिनियाँ सार्वजनिक सुरक्षा मन्त्रालयको पहिचान केन्द्रमाथि लगाइएको प्रतिबन्ध रद्द

अमेरिकाबाट चिनियाँ सार्वजनिक सुरक्षा मन्त्रालयको पहिचान केन्द्रमाथि लगाइएको प्रतिबन्ध रद्द

spot_img

स्थानीय समयअनुसार १६ तारिख राती अमेरिकी सरकारले चिनियाँ सार्वजनिक सुरक्षा मन्त्रालयको पहिचान केन्द्र ‘राष्ट्रिय लागुऔषध प्रयोगशाला’लाई प्रतिबन्ध सूचीबाट हटाएको घोषणा गरेको छ। यो घोषणा १६ तारिखदेखि नै लागु भएको छ।

सन् २०२० मेमा अमेरिकी वाणिज्य मन्त्रालयले चिनियाँ सार्वजनिक सुरक्षा मन्त्रालयको पहिचान केन्द्रलाई “प्रतिबन्ध सूची” मा राखेको थियो।

 

चीन-अमेरिका जनता-जनताको आदान-प्रदान मैत्रीपूर्ण वार्ता सान फ्रान्सिस्कोमा

नोभेम्बर १६ तारिख चाइना मिडिया ग्रुप र अमेरिका-चीन युवा तथा किशोरकिशोरी विद्यार्थी आदान-प्रदान संघआदि संघहरूले संयुक्त रुपमा आयोजना गरेको “चीन-अमेरिका जनता-जनताको आदान-प्रदान मैत्रीपूर्ण वार्ता” अमेरिकाको सान फ्रान्सिस्कोमा आयोजना भएको छ। उक्त वार्तामा चीन र अमेरिका यी दुबै मुलुकका जनताहरूबीचको परम्परागत मित्रताबारे छलफल गरिएको छ।

चाइना मिडिया ग्रुपका महानिर्देशक शन हाईस्युङले सम्बोधन गर्दै चीन र अमेरिकाका राष्ट्रनायकहरूको भेटवार्ता उल्लेखनीय भएको तथा सान फ्रान्सिस्को चीन र अमेरिकाको सम्बन्धको नयाँ आरम्भ-बिन्दु बन्ने कुरा बताउनुभयो। राष्ट्राध्यक्ष सी चिनफिङले भन्नुभएझैँ चीन र अमेरिकाको सम्बन्धको इच्छा जनतामा निहित रहेको भन्दै आधार जनतामा, र भविष्य युवायुवती तथा जीवन्त शक्तिका क्षेत्रहरूमा रहेको र दुई मुलुकको स्वस्थ सम्बन्ध विभिन्न पक्षले चाहेको कुरामा शन हाईस्युङले जोड दिनुभयो।

शनकाअनुसार, चाइना मिडिया ग्रुपले चीन र अमेरिकाका जनताहरूका लागि सहयोग तथा आदान-प्रदानको पुल खडा गर्न प्रयास गरिरहेको छ।

 

(CRI)

spot_img
RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular