Homeचीनसीपीसीद्वारा हाई नान टापुलाई स्वतन्त्र व्यपार क्षेत्र बनाउने समर्थन प्रदान

सीपीसीद्वारा हाई नान टापुलाई स्वतन्त्र व्यपार क्षेत्र बनाउने समर्थन प्रदान

spot_img

चीनको हाइनान प्रान्तको स्थापना र आर्थिक क्षेत्रको स्थापना भएको तीसौँ वार्षिकोत्सव समारोह अप्रिल तेह्र तारिख दिउँसो हाइनान प्रान्तीय जन काँग्रेस भवनमा आयोजना गरिएको छ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवं केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङले समारोहमा सहभागी हुँदै महत्वपूर्ण सम्बोधन गर्नुभएको छ।

आफ्नो सम्बोधनमा राष्ट्राध्यक्ष सीले सम्पूर्ण रुपमा सम्पन्न समाजको स्थापना गर्ने र नयाँ युगमा विशेषतायुक्त समाजवादको महान बिजय प्राप्त गर्ने प्रक्रियामा आर्थिक क्षेत्रको निरन्तर स्थापना गर्दै जानुका साथै त्यसलाई अझ राम्रो र उच्चस्तरीय बनाउँदै जाने कुरामा जोड दिनुभएको छ।

आर्थिक क्षेत्रले पूर्व कार्यभार नबिर्सनुका साथै आफ्नो विशेष कार्यभार बहन गर्दै जाने कुरा बताउँदै राष्ट्राध्यक्ष सीले आगामी दिनहरूमा आर्थिक क्षेत्र निरन्तर चीनको सुधार र खुलापनको झ्याल बन्दै जाने कुरा पनि औँल्याउनुभएको छ। चिनियाँ कम्युनिष्ट पार्टी सीपीसी केन्द्रीय समितिले हाई नान टापूलाई स्वतन्त्र व्यपारका लागि परीक्षण क्षेत्र बनाउन समर्थन दिने,क्रमश:चिनियाँ विशेषतायुक्त स्वतन्त्र व्यापार बन्दरगाहको निर्माण गर्ने कुरा पनि उहाँले बताउनुभयो। विदेशी तथा हंगकंग,मकाउ तथा थाइवान क्षेत्रका सक्षम प्राबिधिकहरु निर्धारित नियम अनुसार हाई नान प्रान्तमा रोजगारी गर्न तथा स्थायी बसोबास गर्न चीनले छुट दिने जानकारी पनि राष्ट्राध्यक्ष सीले उल्लेख गर्नुभयो।

spot_img
RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular