ल्याइएका सामान सम्झौताभन्दा धेरै महँगो हुने  पक्का

ल्याइएका सामान सम्झौताभन्दा धेरै महँगो हुने पक्का

फाइल तस्बिर
स्वास्थ्य मन्त्रालयले विश्वास गरेर सामान खरीद गर्ने जिम्मेवारी पाएका ब्यापारीले सामान ब्यवस्थापन गर्न नसकेकाले चीनमा मेडिकल सामग्री लिन गएको नेपाल एयरलाइन्सको जहाज क्षमताभन्दा अाधा सामान लिएर नेपाल आइपुगेको छ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री याेगेश भट्टराईले अाफ्नाे फेसबुक पेजमा लेखे अनुसार : “स्वास्थ्य मन्त्रालयको अर्डर अनुसारका सामाग्री ल्याउन नेपाल एयरलाईन्सको जहाज RA 4171 अहिले १२:३१ मा ग्वान्जाओका लागि उडेको छ। जहाज राती १ बजे तिर नेपालमा आईपुग्ने छ।” शनिबार चीन गएको नेपाल एयरलाइन्सको वाइडबडी जहाज ब्यापारीले मेडिकल सामाग्री समयमा ब्यवस्थापन गर्न नसक्दा पाँच घण्टा ढिलाइ गरेर जहाजको क्षमता र सम्झौता भन्दा धेरै कम सामान लिएर आइतबार बिहान साढे ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ।

सँस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालय श्राेतका अनुसार विमान चीनको क्वाङ्चअाेबाट १२.६६ टन अत्यावश्यक औषधि र अन्य मेडिकल उपकरण सहित विमान नेपाल आई पुगेको छ। मेडिकल सामग्री लिन विमान शनिबार दिउँसो चीन प्रस्थान गरेको थियो। सम्झौतामा उल्लेख भएअनुसार १ करोड ३ लाख ९० हजार ४ सय अमेरिकी डलर (हालको विनिमय दर अनुसार १ अर्ब २४ करोड ६८ लाख ४८ हजार नेपाली रुपैयाँ) का सामग्रीहरु निजी कम्पनीमार्फत सरकारले खरिद गर्ने सम्झौता गरेको थियो। निजी कम्पनीसँग सम्झौता गरिएअनुसारको सामान लिन नेपाल एयरलाइन्सकाेे जहाज चीन गएको थियो। जहाज उड्नुअघिदेखि नै सामग्रीहरुको मूल्यसूची सार्वजनिक बजार मूल्यभन्दा महँगो भएको भन्दै सामाजिक सञ्जालमा ब्यापक विरोध भइरहेको थियो। विरोधका बीच पनि कमिशनका लागि वास्ता नगरीकन सामान लिन गएको जहाजले ब्यापारीले सम्झौताअनुसारको सामान ब्यवस्थापन गर्न नसकेपछि थाेरैमात्र सामान लिएर पाँच घण्टा ढिलाइ गरी फर्किएको हो। अब ल्याइएका सामानमा ढुवानी खर्च जाेड्दा सार्वजनिक गरिएको भन्दा निकै महँगो पर्ने भएको छ।

नेपाल एयरलाईन्सको RA 4171जहाजमा चीनको सिचुवान प्रदेश, चिनियाँ दूताबास, अलिबाबा र ज्याकमा फाउन्डेशनले नेपाललाई सहयोग स्वरुप उपलब्ध गराउने भनिएका सामाग्रीहरु पनि ल्याइएको बुझिएको छ। सिचुवान प्रदेश र चिनियाँ दूताबासबाट प्राप्त हुने सामग्री १.१ मेट्रिक टन् छन् भने दुई फाउन्डेशनले उपलब्ध गराएको समान १.४ मेट्रिक टन हो। दुई फाउण्डेसनले कूल १९ लाख ९८ हजार ८ सय ५५ चिनियाँ यूयान (हालको विनिमय दर अनुसार ३ करोड १९ लाख १ हृजार ६ सय रुपैयाँ) बराबरको सामग्री पठाएका हुन्। सिचुवान प्रदेश र चिनियाँ दूताबासले भने ३ लाख ३ हजार १ सय चिनियाँ यूयान (हालको विनिमय दर अनुसार ५४ लाख ९ हजार ५ सय रुपैयाँ) बराबरको स्वास्थ्य सामग्री पठाएका हुन्।

सिचुवान प्रदेश र चिनियाँ दूताबासले नौ प्रकारका स्वास्थ्य सामग्री पठाउँदै छन्। यसमध्ये केही सामाग्री गण्डकी प्रदेशस्थित पोखरामा वितरण गर्नु भनी तोकेर पठाइएको छ। दुई फाउण्डेशनले भने एक लाख २ सय एन–९५ मास्क र २ हजार ६४ जनालाई कोरोना परीक्षण गर्ने किट पठाएका छन्। ‘यी सामाग्रीहरुको सूची शुक्रबार साँझ तय भएको हो,’ आपूर्ती प्रणालीमा संलग्न सरकारका एक उच्च अधिकारीले भने, ‘यीमध्ये केही सामाग्रीहरु अन्तिम समयमा लोड नभएको खबर पनि छ।’

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *