नेपालमा अस्वभाविक रुपमा कूटनीतिक नियोगका प्रमुखहरुको सक्रियता हुने गरेको घटना नाैलाे होइन। विशेषगरी भारत, ब्रिटेन, अमेरिकी र यूरोपियन यूनियनका राजदूतहरु नेपालको राजनीतिक विषयलाई लिएर विगतदेखि नै सक्रिय हुने गरेकाे देखिएको छ। यस्तो कृयाकलाप कूटनीतिक मर्यादा उल्लंघन र अर्को देशको अान्तरिक मामिलामा हस्तक्षेप हो। अहिले नेपालका लागि भारतीय राजदूत मन्जिभसिंह पुरी रहेका छन्। पछिल्लो समय नेपाली नेताहरुदेखि अन्य व्यक्तिहरुसँगको भेटघाटमा उनी सक्रिय भएका छैनन्। यद्यपि विषादीयुक्त तरकारी र फलफूल नेपाल भित्रिएको विषयमा ब्यापक विरोध भएपछि विगहाउस मिडियालाई रात्री भाेज दिएर घटना सामसुम पारियो र अहिले नेपाली भूमि अाफ्नाे सीमानामा राखेर नक्सा सार्वजनिक गरेपछि उत्पन्न जनविरोध मत्थर पार्न पुनः दूतावासभित्र रात्रीभाेजकाे अायाेजना गरियो र यसकाे भाेलिपल्टदेखि नै सहभागी पत्रकारहरु र सम्बद्ध मिडियाले विषयान्तर गर्न शुरुआत गरेका छन्। यसबाट के प्रष्ट भएको छ भने नेपाली जिम्मेवार मिडिया र कथित ठुला पत्रकारहरु नै राष्ट्रघातमा सक्रिय छन्। मिडियालाई माध्यम बनाएर जनतालाई भ्रमित गर्ने, विषयान्तर गर्ने र विदेशी हस्तक्षेपलाई समर्थन गर्ने काम गम्भीर राष्ट्रघात हो।

बिना कारण र अनावश्यक राजदूतहरुको भेटघाटले मुलुकको स्वाभिमानमा आँच आएको र कूटनीतिक मर्यादा कायम नभएको भन्दै सरकारको आलोचना विगतदेखि नै हुने गरेको छ।प्रधानमन्त्री केपी शर्मा ओलीले अनावश्यक राजदूतहरुसँगको भेटघाट र सक्रियतालाई राेक्नुपर्ने माग नेपाली जनताले राखेका छन्। कुनै पनि सार्वभौम मुलुकमा अर्को देशको राजदूतले साेही देशको नेता जस्तो गरेर चलखेल गर्ने र भेटघाट तथा सहयोग वितरण गर्ने हो भने कसरी नेपाल स्थिर शान्त र सार्वभौम भयो वा रहनसक्छ? गम्भीर प्रश्न छ। नेपालकाे अान्तरिक किचलो बेमेल र अस्थिर राजनीतिकाे फाइदा उठाउँदै जसरी विदेशी दूतावास र राजदूतले चलखेल गरेका छन् यसलाई नियन्त्रण गर्न सकिएन भने नेपाललाई बचाउन सकिने छैन।

पछिल्लो समय अमेरिकी राजदूत रेन्डी बेरीले एमसीसी परियोजनालाई नेपालकाे संसदबाट पास गराउँन, राजनीतिक लबिङ गरिरहेका छन्। विभिन्न कार्यक्रममा सहभागी भइरहेका छन् भने विभिन्न राजनीतिक दलका नेताहरू र पूर्वप्रधानमन्त्री का घरघरमा पुगेर प्रभावित पार्ने अनि सरकारलाई दबाब दिने नाङ्गो हस्तक्षेपपूर्ण काम गतिविधि गरिरहेका छन्। नेपालको सांस्कृति र चाडपर्वका कार्यक्रममा समेत सहभागी हुने गरेका राजदूत बेरीले साेसियल मिडियाकाे उपयोग गरेर नेपाली समाजलाई प्रभावित पार्ने काम गरिरहेका छन्। अमेरिकी दूतावासकाे फेसबुक पेज हेर्ने हो भने नेपाल सरकार अमेरिकी दूतावासले नै चलाइरहेको जस्तो भानहुन्छ। प्रधानमन्त्री ओलीले राजदूतहरुको अनावश्यक भेटघाटलाई अविलम्ब बन्द गर्नुपर्छ। राजदूतले कसैलाई भेट्दा वा राजदूतलाई कसैले भेट्दा परराष्ट्रमन्त्रालयबाट स्वीकृति लिनुपर्ने संवैधानिक व्यवस्था छ। परराष्ट्र मन्त्रालयलाई जानकारी नदिई कूटनीतिक नियोगका प्रमुखसँग भेटघाट तथा राजदूतहरुले कसैलाई भेट्न पाउँदैनन्। तर, यो नियम लागू नभएको भन्दै सरकारको आलोचना भइरहेका बेला ठुला भनिने मिडियाका पत्रकारहरु भारतीय दूतावासमा छिरेर रात्रिभाेजमा सहभागी भएको घटना गम्भीर छ। नेता तथा पदाधिकारीले त्रुटी गरेको वा कानुनको उल्लघंन गरेकोमा खबरदारी गर्ने मिडिया र पत्रकार नै देशको सिमा मिचेर अाफ्नाे देशको नक्सामा गाभ्ने देशको दूतावासमा छिरेर रात्रिभाेजमा सहभागी हुन्छ भने त्यो कसरी देशभक्त हुनसक्छ? जाे जसले यस्तो अपराध गरेका छन्, नेपाल सरकारकाे सम्बन्धित निकायको स्विकृति नलिएर दूतावास छिरेकोमा त्यस्तालाई राष्ट्रघात करार गरिनुपर्छ भन्ने पनि एकथरी जनताको अाक्राेशपूर्ण माग छ।

यसअघि उपेन्द्र यादव परराष्ट्रमन्त्री हुँदा पनि कूटनीतिक मर्यादा कायम गराउने प्रयास गरेका थिए। राजदूतहरुको हुने अनावश्यक सक्रियतालाई उनले पनि रोक्ने प्रयास गरेका थिए। अहिले प्रधानमन्त्री ओलीले पनि सुरुवात गर्नुपर्छ। गएको शनिबार (कात्तिक १६) भारतले सार्वजनिक गरेको आफ्नो नक्सामा नेपालको अतिक्रमित भूमिलाई समेटिएको विषयमा भने सरकारले भारतीय राजदूत पुरीलाई बोलाएर स्पष्टीकरण नलिएको भन्दै प्रधानमन्त्री ओलीको आलोचना भइरहेको छ।

प्रधानमन्त्री अाेलीले अाफ्नाे बाँकी समय देशको विकास स्थिरता शान्ति र समृद्धिका क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गर्ने जनविश्वासलाई साकार पार्न अब ढिलाइ गर्नुहुँदैन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय