Homeसम्पादकीयदेशभित्रका सबै राजनीतिक शक्ति र नेपालीबीचको एकतालाई मजबुत बनाउँदै अघिबढाैं

देशभित्रका सबै राजनीतिक शक्ति र नेपालीबीचको एकतालाई मजबुत बनाउँदै अघिबढाैं

spot_img

झण्डै दुई दशक लामो अस्थिरता र अशान्तिबाट देशले राजनीतिक स्थिरता विकास शान्ति र समृद्धिकाे मार्ग पहिल्याएकाे विश्वास गरेका अाम नेपाली नागरिक सरकारकाे अदुरदर्शी फितलो अस्थिर ढुलमुले अवसरवादी परराष्ट्र नीतिले पुनः भयानक खतरामा फस्न लागेको संकेत ईण्डाे प्यासिफिक स्ट्राटेजीमा नेपाल नजानिंदाे तरिकाबाट प्रवेश गर्दै रहेपछि बढ्न थालेको छ।

अमेरिकी ईण्डाे प्यासिफिक रणनीतिमा नेपाल फसिसकेकाे अमेरिकी परराष्ट्रमन्त्रालयकाे विज्ञप्तिले स्पष्ट गरिसकेको थियो। सरकारले जनतालाई ढाँटेपनि त्यसपछि विकसित घटनाक्रमले त्यसलाई पुष्टि गरेको छ। सरकारी नेताहरूले अमेरिकाा, भारत र चीनबीचकाे अन्तरद्वन्दबाट फाइदा उठाउने जुन अघाेषित नीति अंगीकार गरेको छ, त्यसले नेपाल जस्तो कमजोर र कमविकसित देशको हितको रक्षा गर्न सक्ददैन।

नेपालले भूराजनीतिक अवस्थालाई राम्रोसँग नबुझेर अमेरिकासँग नेपाली सेनाका लागि हतियार किन्ने गरेको निर्णय हाेस् वा असी दिने अनअराईभल भिसा दिंदै अाएकाेमा एकसय असी दिने भिसा दिने निर्णय। डाभाेसमा विश्व अार्थिक मञ्चमा नेपालकाे सहभागीता हाेस वा जापानी स्याटेलाइटकाे प्रयोग। यी सबै निर्णय दीर्घकालमा नेपाललाई अस्थिरता र अन्तहिन द्वन्द्वमा धकेल्न सहयोगी सिद्ध हुनेछन्।

यो वा त्यो निहुँमा अमेरिकाले नेपाललाई बेश बनाएर चीनलाई हान्ने नीति अन्तर्गत नै सबै प्रकारका उपाय अवलम्बन गरिरहेकाे छ। अमेरिकाले नेपालमा रहेका तिब्बती शरणार्थीलाई प्रयोग गरेर दक्षिण तिब्बत टुक्र्याउने गतिविधि सञ्चालन गरिरहेकाेछ,विभिन्न जातजातिका नेपालीलाई एकापसमा लडाएर र धार्मिक विविधतामा खेलेर अशान्ति मच्चाउन चाहेको छ। यसका लागि विगतमा एसिया प्यासिफिकका नामबाट नेपाली सेनामा अाफ्नाे प्रभाव बढाईसकेकाे छ। पछिल्लोसमय ईण्डाे प्यासिफिक रणनीतिको बास्केटमा नेपाललाई राखेर चीनका विरुद्ध माेर्चा बनाउँदै छ।

अाफ्ना दुई छिमेकीको शक्ति र सामर्थ्यकाे अांकलन नगरी तथा देशको सुरक्षित भविष्यलाई वेवास्ता गर्दै निहित स्वार्थका लागि देश र जनतालाई अस्थिरता र अन्तहिन अशान्तितर्फ धकेल्ने नेपाली नेतृत्वको अविवेकपुर्ण अदुरदर्शी अपरिपक्व साेचले यसक्षेत्रकाे स्थिरता शान्ति विकास र समृद्धिमा नकारात्मक असर पार्ने पक्का छ। अहिले नेपालले अख्तियार गरेको परराष्ट्रनीति अवसरवादी नीति हो। जता जता बाहुनबाजे त्यतै त्यतै स्वाहा भन्ने नेपाली उखान जस्तो परराष्ट्र नीतिले देशको हितरक्षा गर्न सक्दैन। नेपाली नेताहरूकाे ब्यवहार हेर्दा अमेरिकाा, भारत र चीनबीच अस्थिरता उत्पन्न गराउने दिवास्वप्न ब्यवहार केटाकेटीले चकलेटका लागि साथीहरूलाई कुरा लगाएर झगडा गराएर खुच्चिङ्ग गरेजस्तै हो। जाे प्रत्युत्पादक हुनेछ। कल्पना गराैं त एउटा सुन्दर युवतीले नयाँ लुगाका लागि धेरै जनासँग रात बिताइ भन्ने के हुन्छ? हाम्रा नेताहरूले नेपाललाई त्यस्तै दुर्दशामा पुर्याउन खाेज्दैछन् ब्यक्तिगत अहमत्याँई मैमत्याँई र निहीत स्वार्थका लागि।

बन्द गराै सस्तो र अवसरवादी चरित्र प्रदर्शन गर्न। जिम्मेवार बनाै देश अनि जनताप्रति र प्राप्त उपलब्धिकाे रक्षाका लागि राजाकालिन समयको जाँच परीक्षामा उतिर्ण भइसकेको असंलग्न र दुई छिमेकीसँगकाे विशेष सम्बन्ध बढाउने परराष्ट्रनीति अवलम्बन गराैं। देशभित्रका सबै राजनीतिक शक्ति र नेपालीबीचको एकता अनि अापसी विश्वासलाई मजबुत बनाउँदै हातेमालो गरेर अघिबढाैं। असंलग्न परराष्ट्र नीतिले मात्र नेपाल र नेपालीको हितको रक्षा गर्नसक्छ र हामी सुरक्षित भएर विकास र समृद्धि हासिल गर्न र शान्ति स्थापना गर्नसक्छाैं।

spot_img
RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular