स्वास्थ्यमन्त्री यादवद्वारा वीरगञ्जमा ढलान सडक उद्घाटन

स्वास्थ्यमन्त्री यादवद्वारा वीरगञ्जमा ढलान सडक उद्घाटन

वीरगञ्ज,(पर्सा) २९ जेठः

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले वीरगञ्ज महानगरमा ढलान सडक तथा नालाको उद्घाटन गर्नुभएको छ । उहाँले आज वीरगञ्ज महानगरपालिका वडा नम्बर २ छपकैयाँमा निर्मित ढलान सडक तथा नाला उद्घाटन गर्नुभएको हो ।

त्यसअवसरमा उहाँले सडक र नाला निर्माणसँगै स्थानीयले वर्षौदेखि भोग्दैआएको सास्तीबाट मुक्ति पाउने बताउनुभयो । ‘‘यहाँ सडक र नाली नबन्दा निकै समस्या भइरहेको थियो’ । स्थानीयवासीको मागबमोजिम सडक र नाला निर्माण भएपछि पक्कै पनि हालसम्म भोग्दैआएको समस्या समाधान हुनेछ”, यहाँले भन्नुभयो ।

मन्त्री यादवले सडक र नाला निर्माणले वडासँगै समग्र वीरगञ्ज महानगरको पनि समृद्धि हासिल गर्न सहज हुने धारणा व्यक्त गर्नुभयो ।

(रासस)

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *