कर्णाली प्रदेशका नवनियुक्त मन्त्री परियारद्वारा सपथग्रहण

कर्णाली प्रदेशका नवनियुक्त मन्त्री परियारद्वारा सपथग्रहण

कर्णाली, १२ वैशाख :

कर्णाली प्रदेशका नवनियुक्त बिनाविभागीयमन्त्री रनसिंह परियारले पद तथा गोपनीयताको सपथग्रहण गर्नुभएको छ ।

कर्णाली प्रदेश प्रमुख तिलक परियारसमक्ष उहाँले आज पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको हो । सत्तासाझेदार नेकपा (माओवादी केन्द्र)को तर्फबाट मन्त्री नियुक्त परियार सो पार्टीको प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक हुनुहुन्थ्यो ।

गत चैत २७ गते नेकपा (एमाले) प्रदेशसभा संसदीय दलका नेता यामलाल कँडेलले मुख्यमन्त्रीकर्णाली प्रदेशको मुख्यमन्त्री बन्नुभएको थियो । मुख्यमन्त्री बनेको १५ दिनपछि आज मन्त्रिपरिषद् विस्तार गरेसँगै कँडेलले भोलि विश्वासको मत लिने तयारी गर्नुभएको छ ।

राष्ट्रिय समाचार समिति (रासस)

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *