उपप्रधानमन्त्री श्रेष्ठ छोनछिनमा  

उपप्रधानमन्त्री श्रेष्ठ छोनछिनमा  

छोनछिन (चीन), १४ चैत :

जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीनको राजधानी बेइजिङबाट आज अपराह्न पश्चिमी सहर छोनछिन आइपुग्नुभएको छ ।

छोनछिनस्थित ज्याङ पे अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई छोनछिन नगरपालिकाका उपप्रमुख झाङ गुइजाई, छोनछिन नगरपालिकाको परराष्ट्र मामिलासम्बन्धी कार्यालयका उपमहानिर्देशक झाऊ यी, छेन्दुस्तिथ महावाणिज्यदूत सुरेश राउतलगायतले स्वागत गर्नुभयो । आजै उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ कम्युनिस्ट पार्टी छोनछिन पार्टी सचिव युयान जाइजुनसँग भेट गर्ने कार्यक्रम छ । छोनछिनमा रहँदा उहाँले विभिन्न एतिहासिक क्षेत्रको भ्रमण गर्नुहुनेछ ।

अशोक घिमिरे/रासस

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *