गायिका लिजा लामाको के भनी बोलाउ गीत रिलिज

गायिका लिजा लामाको के भनी बोलाउ गीत रिलिज

गायिका लिजा लामाको के भनी बोलाउ गीत रिलिज । राजु लामा र रोजिना धिमाल को अभिनयमा के भनी बोलाउ सार्बजनिक भएकाे छ । लिजा लामाको के भनि बोलाउ गीतमा राजु र रोजिनाको रोमान्स ।

लिजा लामाको स्वरमा के भनी बोलाउ बोलको गीत सार्बजनिक भएको छ । निर्मल बराल को शब्द संगीत रहेको गीत लाई मनोज चौलागाईंले संगीत संयोजन गरेका छन । इलाम को रमणीय ठाउँमा छायांकन गरिएको गीत मा राजु लामा र रोजिना धिमाल को अभिनय देख्न सकिन्छ ।

उक्त गीतमा बिक्रम धिमालको छायांकन टेकेन्द्र शाहको सम्पादन रहेको छ भने सानू उपाध्याय को कन्सेप्ट रहेको छ । लाइम लाइट नेपाल को पोस्ट प्रोडक्सन रहेको गीतमा मोडल लामाकै निर्देशन रहेको छ । गीतलाइ साइराम पिक्चर्स युट्युब च्यानलमा गएर हेर्न सकिन्छ ।

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *