“गाेधुली “काे शब्दमा नयनले खाेजि बाेलकाे गीत सार्वजनिक

“गाेधुली “काे शब्दमा नयनले खाेजि बाेलकाे गीत सार्वजनिक

नेपाली सँगीत क्षेत्रमा करिब एक दशकदेखि गीत लेखन बिधामा सक्रिय गीतकार हिमाँशु रायमाझी “गाेधुली “काे शब्दमा नयनले खाेजि बाेलकाे गीत सार्वजनिक भएकाे छ ।

गीतमा पछिल्लाे समय आफुलाई गायन बिधामा अब्बल सावित गरि सकेका गायक फिराेज बस्नेतकाे स्वर तथा सँगीत रहेकाे छ भने दिक्षित पाैड्यालले सँगीत सँयाेजन गरेका छन्। गीतकाे भिडियाेपनि गीत जति नै प्रेमिल र आकर्षक बनेकाे छ। भिडियाेमा अनिमा बिश्वकर्मा,ईश्वर श्रेष्ठ,दिब्यान्स सिक्देल, साेरा कार्कीकाे अभिनय देख्न सकिन्छ। भिडियाेकाे छायांकन बिशाल थापाले गरेका हुन् भने भिडियाे सम्पादन तथा कलरिङ्ग नकुल खड्काले गरेका हुन्।

सुनिल बुडाथाेकी सहायक निर्देशक रहेकाे भिडियाेकाे निर्देशन दिलिप समनले गरेका हुन्। समिप ईन्टरटेन्मेन्टद्वारा निर्माण गरिएकाे गीत समिप ईन्टरटेन्मेन्ट युटुव च्यानलमा गएर हेर्न सकिन्छ।

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *