चीनको कुटनीतिलाई भविष्यमा कसरी प्रयोग गरिने छ? चिनियाँ कम्युनिष्ट पार्टीको वैदेशिक मामिला सम्मेलनबाट महत्वपूर्ण सन्देश

चीनको कुटनीतिलाई भविष्यमा कसरी प्रयोग गरिने छ? चिनियाँ कम्युनिष्ट पार्टीको वैदेशिक मामिला सम्मेलनबाट महत्वपूर्ण सन्देश

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको वैदेशिक मामिला कार्य सम्मेलन डिसेम्बर २७ देखि २८ सम्म पैचिङमा आयोजना भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सम्मेलनमा सम्बोधन गर्दै नयाँ युगको दश वर्षमा चीनको विशेष कुटनीतिको उपलब्धि र अनुभवको निष्कर्ष व्याख्या गर्नुका साथै वर्तमान र भविष्यकालीन वैदेशिक कार्यप्रति सम्पूर्ण व्यवस्थापन गर्नुभएको छ।

सी चिनफिङले चीनको राष्ट्राध्यक्ष हुनुभएपछि विशेष कुटनीतिक विचारधारा स्थापना गर्नुभएको हो। मानव भाग्य एकरूपताको स्थापना गर्ने उक्त विचारधाराको मुख्य विषय हुनुका साथै नयाँ युगमा चीनको कुटनीतिक कार्य खोज्ने लक्ष्य पनि रहेको छ। यो विचारधारा सी चिनफिङले दश वर्ष अगाडि नै प्रस्तुत गर्नुभएको हो।

हाल विश्वसमक्ष श्रृँखलाबद्ध समस्या र चुनौती देखिएकोमा कसरी समाधान गर्ने? राष्ट्राध्यक्ष सी चिनफिङले सम्मेलनमा दुईवटा सुझाव प्रस्तुत गर्नुभएको छ। समान, सुव्यवस्थित बहुध्रुवीय तथा सहनशील विश्वव्यापीकरणको स्थापना गर्ने सुझाव प्रस्तुत गर्नुभएको छ।

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *