नेपाल सुपर लिग फुटबल : काठमाडौँ रेजर्स विजयी

नेपाल सुपर लिग फुटबल : काठमाडौँ रेजर्स विजयी

काठमाडौँ, ८ मङ्सिर :

नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणअन्तर्गत आज भएको उद्घाटन खेलमा साविक विजेता काठमाडौँ रेजर्सले नवप्रवेशी टोली स्पोर्टिङ इलाम डि मेचीलाई पराजित गर्दै विजयी भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला मैदानमा बेलुकी सम्पन्न खेलमा काठमाडौँ रेजर्सले स्पोर्टिङ इलामलाई १–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । राजीव लोप्चनले गरेको एक गोल नै काठमाडौँका लागि निर्णायक गोल सावित भयो । राजीवले खेलको ५१औँ मिनेटमा गोल गरे ।

उक्त प्रतियोगिताअन्तर्गत भोलि दुई खेल हुनेछ । पहिलो खेल पोखरा थन्डर्स र एफसी चितवनबीच हुनेछ भने दोस्रो खेल लुम्बिनी एफसी र ललितपुर सिटी एफसीवीच प्रतिस्पर्धा हुनेछ । आगामी पुस १४ गतेसम्म चल्ने उक्त प्रतियोगितामा विभिन्न नौ टोलीको सहभागिता रहेको छ । जसमा काठमाडौँ रेजर्ससहित ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थण्डर्स, बुटवल लुम्बिनी एफसी र धनगढी एफसी छन् ।

त्यस्तै झापा एफसी, वीरगञ्ज युनाइटेड र स्पोर्टिङ इलाम डि मेची सहभागी छन् । सबै टोलीले लिग चरणमा एकआपसमा खेलेपछि चार टिम प्लेअफमा पुग्नेछन् । प्रतियोगिताको विजेताले रु ७० लाख पाउने आयोजकले जनाएको छ ।

राष्टिय समाचार समिति (रासस)

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *