बेइजिङ, ४ मङ्सिर :

चिनियाँ राष्ट्रपति सी चिनफिङ र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले सोमबार प्यालेस्टाइन-इजरायल बीचको बिग्रदो अवस्था बारे चिन्ता व्यक्त गर्नु भएको छ ।

उहाँहरूले त्यहाँको अवस्था थप बिग्रनबाट जोगिनका लागि विशेष गरी थप गम्भीर मानवीय सङ्कट बढ्न नदिन सचेत हुन आग्रह गर्नु भएको छ ।

दुई राष्ट्र प्रमुखहरूले टेलिफोन कुराकानीमा प्यालेस्टाइन-इजरायली द्वन्द्व समाधान गर्न दुई-राज्य समाधान नै आधारभूत उपाय र उत्तम विकल्प रहेको औल्याउँनु भएको छ ।

(रासस-सिन्ह्वा)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय