देश गम्भीर परिस्थितिका माँझबाट गुज्रिदैछ। वर्तमान पुष्पकमल दाहाल नेतृत्वको सरकारले भरपर्दो र विश्वसनीय कुटनीति सञ्चालन गर्न नसक्दा, राज्यसत्ताकाे चरम दुरुपयोग गरेर स्वेच्छाचारी ढंगले अगाडि बढ्दा मुलुक अन्तहिन द्वन्द्वमा फस्ने निश्चित त छनै दाहालकाे राजनीतिक भविष्य पनि अन्याैलग्रस्त हुनेछ।

देशका सामु एउटा राजनेताको भविष्य र ब्यक्तिगत स्वार्थ कदापि तुलनायाेग्य हुँदैन, गर्नुहुँदैन। बेला बेला नाफाको जिन्दगी भएको बताउने पुष्पकमल दाहालका लागि अझ सुहाउने विषय हुनसक्दैन। एउटा बलियो सम्भावना भएका र जनताको दरिलो विश्वास प्राप्त दाहालले समयक्रममा त्यसको चरम दुरुपयोग गरेर देश र जनताको विश्व समुदाय माँझकाे विश्वास घटाउने गम्भीर गल्ती गरेका छन्। उनको शब्दमा २०५२ सालमा शुरु गरेको जनयुद्धले देशलाई स्वाधीन, सार्वभौम, स्वतन्त्र, स्थायी, विकसित र शान्त बनाउने उद्देश्य लिएको थियो। उनलेे नेतृत्व गरेको र अभिब्यक्त गरेको विचारलाई विश्वास गर्ने होभने पनि परिणाम ठीक उल्टो भएको छ। यतिबेला २०५२ सालभन्दा पराधिन, गरीब, अशान्त, पछाैटेपनकाे शिकार र वैदेशिक हस्तक्षेपको चरम नतिजा देखिदैछन्। नेपाल र भारत बीचको सम्बन्ध त्यतिबेलाकाे भन्दा अझ अविश्वसनीय, कमजोर, अत्यन्तै असमान छ। नेपाल र चीनको सम्बन्ध पनि दिनप्रतिदिन अविश्वसनीय, असमान र कमजोर हुँदैछ। उनको नेतृत्वमा त्यतिबेला शुरु गरिएको विद्राेह देशलाई पराधिन गराउन गरिएको त होइन? प्रश्न खडा भएको छ।

जतिजति बेला पुष्पकमल दाहाल देशको प्रधानमन्त्री भएका छन्। त्यति त्यतिबेला देश अझ कमजोर र अस्थिर हुने गरेको छ। नेपाल-भारत बीचको सम्बन्ध बिगार्ने, जनस्तरमा भारत विरोधी भावना बढाउने मात्रै नभइ नेपाल-चीन बीचको सम्बन्ध बिगार्ने, कमजोर बनाउने र जनस्तरमा चीन विरोधी भावना फैलाउने काम दाहाल नेतृत्वको सरकारले गरिरहेकाे छर्लङ्ग छ। यतिबेला सरकारले नेपाल-भारत, नेपाल-चीन र चीन-भारत बीचको सम्बन्ध बिगार्न निकै दुष्प्रयास गरिरहेका थुप्रै घटनाक्रमले पुष्टि गर्दछ। सरकारले नेपालभित्र प्राे-वेष्टर्न र प्राे-ईण्डियन (जाे प्राेईण्डियन भएर पनि पश्चिमाका लागि काम गर्छन्) लाई मात्र महत्त्वपूर्ण अवसर दिने, भेटघाट गर्ने र पहिलो दर्जाका नागरिककाे ब्यवहार गर्ने गरेको छ। यसबाहेकका देशभक्तहरुलाई दाेस्राे दर्जाको नागरिकको ब्यवहार गरिएको छ। नेपाल-भारत, नेपाल-चीन र चीन-भारत बीचको सम्बन्ध राम्रो बनाउनुपर्छ भनेर लागिरहेका अभियन्ताहरुलाई झुठा अाराेपमा फसाउने, प्रहरी-प्रशासन भित्रका गलत तत्वलाई प्रयोग गरेर सताउने काम सरकारले भित्री रुपबाट गरिरहेकाे बुझ्न कठिनाइ छैन।

यो सरकारले नेपाल-भारत, नेपाल-चीन र चीन-भारत बीचको सम्बन्ध राम्रो हुन नदिन र अस्थिरता मच्चाएर आफ्नाे आयु लम्ब्याउन दाेहाेराे चाल चलिरहेको छ। त्यसको पछिल्लो उदाहरण चीनबाट हातहतियार र बन्दाेबस्तीका सामाग्री नेपाल ल्याउने तत्कालीन देउवा सरकारकाे निर्णयलाई कार्यान्वयन हुन नदिन भारत र चीनका विरुद्ध अविश्वास उत्पन्न गराउने दुष्प्रयास भइरहेको छ। अरुकाे स्वार्थमा नागरिकता विधेयक अगाडि बढाएर जनस्तरमा भारत विरोधी भावना फैलाउने, आफैले बिआरअाईमा सहमति जनाएर चीनको विरुद्धमा जनस्तरमा चीन विरोधी भावना फैलाउने काम पनि भइरहेको लुकेको छैन। यो देश सबै जात जाती, धर्म, सम्प्रदाय र विचारका नेपालीको हो। कुनै शक्ति राष्ट्रसँगकाे सामिप्यता र विशेष सम्बन्धका अाधारमा नजिक र टाढाको सम्बन्ध र ब्यवहार गर्ने गर्दा त्यसबाट उत्पन्न हुने परिणामका लागि पनि तयार हुनुपर्छ। देशको नेतृत्वमा पुग्नुकाे अर्थ देश नै उसले बिर्तामा प्राप्त गरेको होइन। देश र जनताको संरक्षण र हितको रक्षा गर्न नसक्ने कुनै अमुक शक्तिको लागि काम गर्ने ब्यक्ति कदापि नेता हुनसक्दैन।

हामी पुष्पकमल दाहाललाई सम्पूर्ण नेपाल र नेपालीको नेता भएको देख्न चाहन्छाैं। यसका लागि उनलेे सबैलाई समान रुपले ब्यवहार गर्न, समान अवसर र सम्मान वितरण गर्न सक्षमता देखाउनुपर्छ। अहिले जसरी एकका विरुद्धमा अर्कोलाई उचाल्दै हिड्ने बाँदर प्रवृत्ति त्याग्नुपर्छ। देशभक्त नेपालीहरु जाे नेपाल सरकारले अवलम्बन गरेको एकचीन नीतिलाई मान्दछन् तिनलाई पनि अरु जत्तिकै सम्मानजनक ब्यवहार गर्न र अवसर दिनेतर्फ ढिलाइ नगर्न ध्यानाकर्षण गराउन चाहन्छौं। शान्तिपूर्ण मार्गबाट मात्रै विश्वभातृत्व, सहअस्तित्व, सम्मान र आपसी सद्भाव वृद्धि हुनसक्छ। यसतर्फ प्रधानमन्त्री पुष्पकमल दाहालले समयमै गम्भीरतापूर्वक साेच्ने छन् विश्वास अझै बाँकी छ। समयमै सदबुद्धि पलाअाेस्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय