

प्रा. डा. युवराज संङ्ग्राैला
फ्रेन्च रिभोलुसनको कहानीबाट अहिले शिक्नु पर्ने कुरा छन।

१. अन्ततः नंया संबिधान बनाउन संबिधान सभाको निर्वाचन गर्न राजा लुइ दि १६औं सहमत भए। निर्वाचन भयो। संबिधान सभा गठन भयो।
२. नागरिक प्रतिनिधिहरु छानिए। राजाले आफ्ना मानिस मनोनीत गरे। र, धर्मगुरुहरु पादरीहरु पनि मनोनीत भए। राजाका प्रतिनिधि कुलीनहरुलाइ फर्स्ट इस्टेट भनियो, पादरीहरुलाइ सेकेन्ड इस्टेट भनियो। र, नागरिक प्रतिनिधिहरुलाइ थर्ड इस्टेट भनियो।

३. सभा बैठक बस्यो, राजा संबोधन गर्न आए। उन्ले “आज देखि सबै इस्टेटका बैठक अलग अलग हलमा बस्नेछ्न।” हंगामा भयो, यो कसरी हुन सक्छ? अहिले पनि कुलीनहरु “नागरिकमाथी” भेदभाव गरीरहेका छ्न र उनीहरुको सान अझै गएको छैन।
४. राजाका प्रतिनिधिहरु उठेर गए। नागरिक प्रतिनिधिहरुमा “ज्याकोबाइन” आन्दोलनकारीहरुको बाहुल्यता थियो। उनिहरु मध्य रोबेस्पियर नामका वकिल पनि थिए, जो अतेन्त तार्किक र निडर थिए। त्यसैगरि डान्टन, मारा आदि पनि थिए। उनिहरु जब बोल्थे मानिसको रगत उमल्नथ्यो। सभाबाट राजाका प्रतिनिधिहरु गएपछि ज्याकोबाइन क्रान्तिकारीहरुले धाराप्रवाह बोले। “यो सभा हाम्रो हो, सामन्तहरुको होइन। साथीहरू अब सभाध्यक्षको निर्वाचन गरेर बिधान बनाउने काम सुरु गरौ। पेरिसबाट प्रतिनिधित्व गर्ने एकजना नागरीक प्रतिनिधि उठेर गए र सभामुखको खाली कुर्सीमा बसे।”
५. राजाका प्रतिनिधि र सेनाका पधाधिकारीहरु आए र सभाकक्ष बन्द गरीदिए। पादरीहरुले नागरिक प्रतिनिधिलाई साथ दिए र बहुमत नागरिकका पक्षमा पुग्यो। उनीहरुले नजिकैको टेनिसकोर्टमा बैठक राखे र अब गणतन्त्रको लागि संबिधान बनाउने घोषणा गरे। भोलिपल्ट देखि पेरीसका जनताले भर्साइलमा राजाको दरबार घेरे। आन्दोलन चर्कियो। अन्तत, राजाले रानी सहित अस्ट्रीया भाग्नुपर्यो। तर उनलाइ समातेर ल्याए।
(अहिले नेपालपनि यहि अवस्थामा छ्न। युवाहरूको आन्दोलनले सरकार ढलेको छ। राजा लुइले घमण्ड नदेखाइ सभामा छलफल सुरु गर्न दिएको भए उन्ले भाग्नु र पक्राउ परेर आउनुपर्ने थिएन)
६. अब संबैधानिक परीषदको गठन गर्दा, अध्यक्ष रोवेस्पियर बने। उन्ले राजाका विरुद्ध “राजद्रोहको मुद्दा लगाएर सभामा अपराधीका रुपमा पेश गर्न आदेश दिए। उन्ले एक जना चिकित्सकलाई सजीलै मृत्युदण्ड दिने एउटा मेसिन बनाउने आदेश पनि दिए, र त्यो बन्यो। तेस्लालाइ “जिएटाइन” भनिन्छ। उनी बिरोधि समाप्त गर्ने पुर्वग्रहबाट ग्रस्त थिए।
७. राजालाई सभामा ल्याइयो र अभियोग सुनाइयो। उन्ले “फ्रान्सको राजा लुइ” भन्दै बोल्न थालेका मात्र थिए, रोबेस्पियर कडकिएर बोले ” राजा होइन “म नागरिक लुइ भन।” लुइले त्यसै गरे कत्रो तेज र सान थियो रोवेस्पियरको।
८. लुइ लाई सभाले मृत्युदण्ड सुनायो। जियटाइनमा शिर छेदन गरीएका उनी पहिलो व्यक्ति थिए। त्यपछी उनकि श्रीमतीलाई जियटिनमा हालियो र १० बर्षको युवराजलाई पनि। (रोबेस्पियर ताकतले विवेकहिन बन्दै थिए। तर ज्याकोबाइन समूहभित्र गुटबन्दी सुरु भैसकेको थियो। उनिहरु अहिलेका जेन्जी भाइबहिनी जस्तै तातो जोसभएका २२/२५ का नौजवान थिए)। एक पछि अर्को दरबारीयालाइ जिएटिनमा हाल्दै गयो। केही दिनमै ५००० शिर छेदन गरेयो र मानिसको रगत बग्दै लामो रातो कुलो बन्यो। डान्टनले यो पाराको बिरोध गरे। तब डान्टनका विरुद्ध पनि मुद्दा लगाइयो। सभामा प्रतिनिधिहरु भन्दै थिए “यो रोवेस्पियर अब बौलायो है।” उनी सबै बिरोधि सकेर एकलौटी गर्न चाहन्थे।ब्रीटीसहरु भित्र भित्र आफ्नो खेल खेलिरहेका थिए। अब डान्टन जो क्रान्तिकारी थिए, उन्को पनि शिर काटियो।
९. रोवेस्पियर जनसुमुदायलाइ भाषण गर्दै “क्रान्तिलाई धोका दिने गद्दारहरुको हालत यस्तै हुनेछ भन्दै थिए।” एकजना मज्दुर करायो “रोवेस्पियर मुर्दावाद।” अर्कोले गोलि हान्यो, जस्ले रोवेस्पियर एउटा आँखा फुटायो।” उनी ट्रमामा बिछिप्त थिए। अब सभामा उन्को सबैभन्दा बिस्वस्निय साथिले रोपेस्पियरलाई फांसि दिनुपर्ने आरोप लगायो, र सभाले तेहि पारीत गर्यो। जुन जिएटाइन उन्ले बिरोधि मार्न बनाएका थिए, उन्लाइ तेसैमा हालेर शिर छेदन गरीयो।
क्रान्तिमा उत्तेजना र उद्देलन हुन्छ। हुनुपनी पर्छ। अन्यथा, क्रान्तिको उपलब्धि जिरो हुन्छ। तर यथार्थमा क्रान्तिले के सिद्ध्यायो भन्ने कुरा महत्त्वपूर्ण हंदैन। के ल्यांउछ चै महत्त्वपूर्ण हुन्छ। के के ल्यायो जेन्जी आन्दोलनले ? हामिले देखेका छौं। बिद्यार्थीहरु ज्यान गुमाए। देशको ८६ अर्वको निजि सम्पती र उद्धोग ध्वस्त भयो। रास्ट्रले एक खर्ब भन्दा ज्यादा क्षती भोग्यो। क्रान्ति पछि अब एउटा दिशा तर्फ देशलाई लैजाने बेला हो यो। हिजोको सबै कुरा संसद, संबिधान, न्यायपालिका , सुरक्षा प्रणाली ध्वस्त गर्न लागियो र द्वन्द्वलाई चर्काइयो भने, हामिबाट रोवेस्पियरको गल्ती दोहोरीन सक्छ। फ्रान्समा त्यसपछि नेपोलियनको उदय भयो। उन्ले आफुलाइ सम्राठ घोषणा गरे। युरोपलाई युद्धको त्रासदीमा होमे, र लाखौं मानिसको ज्यान गयो।
अहिले दृश्य र अदृश्य बाहिरी शक्ति संबिधान खारेज गर्ने खेलमा छ्न। हो, यो संबिधानमा त्रुटिनै त्रुटि छ्न। तर यो संबिधान इतिहासमा “जनताले मतदान गरेर स्थापना गरेको संबिधान सभाले जारी गरेको संबिधान हो। यस्ले देशको सार्बभौमसत्ता जनतामा राखेको छ। यदि यो खारेज भयो भने हामिले एउटा किताब होइन जनता देशका मालिक हौं भन्ने मान्ने आधार समाप्त हुनेछ। कस्को षड्यन्त्र थियो, हतार हतार संसद समाप्त गर्ने? अनि, संबिधान र अदालत पनि समाप्त गरेपछि देशको अस्तित्व के होला?
कतै हामी नेपालीयनको उदय त ल्याइरहेका छैनौ? अन्तत: नेपोलियनको अन्त पनि रोबेस्पियरकै जस्तो भयो।
आन्दोलनले निर्वाचन गराउने सरकारको निर्माण गरेको छ। जेन्जी मित्रहरू राजनीति शक्तिको निर्माण गर्न थाल। देशभरीका जनताको बिश्वास जित। हरेक कुरा समाप्त गरेर भुराजनितीको चपेटामा परेको देशलाई “उद्धार गरेर एउटा उन्नत नागरिकतन्त्रको स्थापना गर्दै आन्दोलनका उपलब्धिहरुलाइ देशको समृद्धि निर्माणमा समर्पण गर्ने हो।” शान्ति बहाल गर्दै, सरकारलाई निर्वाचनको काम संपन्न गर्न सहयोग गर्नु नै अहिले को आवस्यक्ता हो।


