

प्रा. डा. युवराज संग्राैला
नेपाली समाजको आधुनिक राजनितीक बिमर्शले लामो समय देखि एउटा कमजोरी गर्दै आइरहेको छ। त्यो कमजोरी हो “व्यक्तिगत निहित स्वार्थ लाइ राष्ट्रका स्वार्थ बनाएर आफ्नो महत्व वा अधिकार स्थापित गर्ने” खेलको मञ्चन। र, ती विमर्श र गतिबिधीलाइ राजनीतिक र बैधानिकता प्रदान गर्ने खेलको प्रपञ्च । यी गतिबिध गर्नु राष्ट्रघात हो, र यो अपराध अहिले जताततै जोसुकैले गर्दै आएका छ्न। केही महत्वपूर्ण पक्षहरूको चर्चा गरौं।

१. राजनीति र राजनीतिक संगठनको जग “समाजको बर्ग बिश्लेषणमा अधारीत हुन्छ।” राष्ट्रको पराधिनताबाट मुक्तिको सिद्धान्त र राजनिती संगठनले बोक्ने बिचार र गर्ने राजनीति गतिविधि समाजको कुन तप्का र बर्ग सँग जोडिएर उदबिकास वा उत्प्रेरित हुने हो भन्ने एकिन पहिला हुन्छ। बहुदलीय ब्यवस्थामा अनेक राजनीतिक दलहरू प्रतिस्पर्धा गर्दछ्न। तर उनीहरुका सिद्धान्त र कार्यक्रमहरु “कुनै न कुनै समुह सङ्ग जोडिएर क्रियात्मक हुन्छ्न।” जस्तै किसान तथा न्यून आए भएका आम नागरिक वा श्रमिक वा सेवा प्रदान गर्ने न्यून आय भएका नागरिक, वा बौद्धिक वा व्यवासायी, उद्धमी वा ब्यापारी आदि। हरेक राजनीतिक दलले पृथक आर्थिक र सामाजिक बर्गको उन्नति र अझ उन्नतिका लागि काम गर्छ, तर उस्का नीति र कार्यक्रमको प्रस्थान बिन्दुको प्राथमिक लक्ष हुन्छ। यहि प्राथमिक लक्षबिन्दुका आधारमा नागरिकहरु एकाआपसमा जोडिएर एउटा राजनीतिक संगठन बनाउछ्न। त्यसैगरि उनिहरु आफनो प्राथमिकताको दिशा निर्देश गर्न कुनै एउटा सिद्धान्त पनि बोक्छ्न। एउटा उदाहरण दिऔ। मानौं, राजनितिक संगठन एउटा मानिस हो। उ जमिन खनेर खेती गर्ने लक्ष राख्छ। किन र के को खेती गर्ने? उस्को सिद्धान्त पनि निश्चित छ। यहाँ सम्म आइपुग्दा उस्को औजार निश्चित हुन्छ। त्यो उस्को गतिविधिको निर्धारक तत्व (नेभिगेसन) हो। अब उसले काम शुरु गर्छ। यो स्पष्टता बिनाको राजनीति बैयक्तिक स्वार्थको खेल वा परीपञ्च हो। अहिले जेन्जी आन्दोलन पछी नेपाल यो दुष्कर्मको भाषतर्फ धकेलिंदैछ।

२. अर्थात नेपाली राजनीति सिद्धांत र आर्थिक बर्गको हिसाब किताब नगरी, व्यक्तिगत आर्थिक र राजनीतिक लाभ र ती लाभ पूरा गर्न राज्य सत्तामा आफ्नो अधीन कायम गर्दै आफ्ना निहित स्वार्थलाई राष्ट्र र समाजका स्वार्थ बनाउन उद्दत छ। अहिले देखीएका एकता र नयाँ दलका खेलहरु “आर्थिक बर्ग र राजनीतिक सिद्धान्त बिहिन” स्वार्थी उदेश्यबाट प्रेरित छ्न।

३. अहिले पार्टीहरु फुट्दै छ्न र फुटेकाहरु जोडिदैछ्न। यी फुट र जोडमा निहित स्वार्थको खेल मात्र छ, र त्यो फेरि राज्यलाई आफ्नो सेवामा परीणत गरौ भन्ने उद्देश्यबाट निर्देशित छ्न। अहिले पुराना दलहरु बिगतमा झैं “अपबित्र गठबन्धन बनाउन उद्धत छ्न।” कोहि डराएर एक हुँदै छ्न। कोहि आफ्नो कमाइ बचाउन एक हुँदै छ्न। कोहि मौका आउलाकि भनेर एक हुंदैछ्न। यिनै स्वार्थबाट नंया बनाउनेको पनि जोडदार प्रयास गर्दै छ्न।
४. यी धेरै पुराना र केही नयाँ मालिकहरुलाइ “राष्ट्रको सुरक्षा, स्वतन्त्रता, नागरिकको समृद्धि र राज्यमा नागरिक सर्बोच्चता कायम गरि सुशासन गर्ने कुरा केवल कागज बनाउने खेलमात्र हुन।” हिजो ३७ बर्षमा तपाईहरुले राज्यको सामर्थ्य निर्माण गर्न, उत्पादन र उत्पादकत्वको उन्नयन गर्न, सामाजिक संरचनाको रुपान्तरण गर्न र राज्यका स्थानीय तहको नागरिक सहभागीतामा आधारित स्वायत्तता निर्माण गर्न के गर्नु भयो? केही गर्नु भएन, तपाईहरुको असफलता नागरिकले देखेका छ्न। तर, आफ्ना बैचारिक कमजोरी र आर्थिक बर्गीय आधारहरुको कुनै लेखा जोखा बिना फेरि एकातिर फुटेर अर्कातिर जोडिने खेलहरु घनिभुत भएका छ्न। तपाईहरु पहिला यी प्रश्नको उत्तर दिनुहोस?
क. जेन्जी आन्दोलन हुनुपर्ने र देश जलेर ध्वस्त हुनुपर्ने अवस्था तपाईहरुका अकल्पनीय भ्रष्टाचार र अपबित्र गठबन्धनबाट भएको होइन?
ख. तपाईहरुका अपबित्र गठबन्धन तपाईहरुले सिद्धान्त र बर्गीय आधार परीत्यागका परीणाम होइनन?
ग. तपाईहरुको सत्तामा कुनै समस्या थिएनन भने किन २ दिन पनि टिक्न नसकी भाग्नु परेको हो? ल, मानौ सुरक्षा निकायले धोका दिएछ्न र बिदेशीले खेलेछ्न। सुरक्षा निकायले सहयोग नगर्नु र बिदेशीले खेल्न पाउनुनै तपाईहरु असफल हुनु होइन?
घ. अनि, आज तपाईहरुको नयाँ एकता र नयाँ फुटको सिद्धान्त र बर्गीय आधार के हो?
ङ. तपाईका नंया बनेका दलका सिद्धान्त र देश समृद्धिका आर्थिक र सामाजिक रणनीति के हुन?
५. हिजोका अपबित्र गठबन्धन बनाउने सबै राजनीतिक दलहरूले “आफ्ना सत्ता स्वार्थ र भ्रस्टाचारबाट धन कमाउने नियत” लाई राजनीतिको परीभाषा दिंदै, ३७ बर्षको लामो युगमा
क. राष्ट्रलाई भुराजनितीको दुष्ट गोलचक्करमा हाल्दा, देश जलेर खरानी भएको छ। अर्थतन्त्र ध्वस्त भएको छ। शिक्षा बर्वाद भएको छ। पर्यावरण समाप्त भएको छ। भौतिक निर्माणका परीयोजना देखि खरीद बिक्री सम्म भ्रष्टाचारले ग्रस्त पारेको छ। एक जना मन्त्रीले अघिल्लो सरकारमा “राज्यमन्त्री स्तरको मेकअप सल्लाकार” राखेको रहेछ। यो कस्तो शासन थियो।
ख. देशको परराष्ट्र संबन्ध कस्तो छ। कस्ता राजदुत नियुक्त गरीए, र एउटा राजदुत कति पैसामा बेचीए? बिश्वबिद्धालयहरुको स्वतन्त्रता कसरी लुटियो?
ग. कृषि उत्पादन बिसर्जन भयो र देश बिदेशी ॠणको चंगुल र बिदेशी सहयोगको दुर्ब्यसनमा परेको छ।
६. हो, देश आज भुराजनितीको दुष्ट चंगुल र बिदेशी खेलको मारमा जल्न पुगेको छ। तर यो “बिदेशी खेलले तपाईहरुका हिजोका अपराध धुदैंन।” अत: आज पनि अपबित्र गठबन्धन बनाउने खेलको बैधानिकताको आशा गर्नु बेकार छ। तर राम्रा देशभक्त साथीहरूमा पनि रास्ट्रको जिम्मेवारी बोक्ने भन्दा “ससाना आफ्ना निहित स्वार्थले नै गाँजेको छ।” अत: अहिले राष्ट्रलाई यो दुष्ट चंगुलबाट निकाल्न “देशभक्तहरु र सामाजिक आर्थिक परीवर्तनका” पक्षधर प्रगतिशील साथिहरुको चेतनायुक्त एकताको आवस्यकता देशले चाहेको छ। तसर्थ, व्यक्ति होइन बिचारको खोजी गर्दै अगाडि बढ्ने समय हो यो। अपबित्र गठबन्धनको मलामी बन्ने समय होइन।

