

प्रा.डा. युवराज संग्राैला
जेनजीको नाम अब फेरौं, हामीले नवउपनीवेशवादको दिमाग बोक्न आवस्यक छैन। नव–युवक वा किसोर समुहको आन्दोलन भन्यो भने, बुढापाका नागरिकले पनि बुझ्ने रहेछन।

बिगत २ हप्तामा मैले करीव सय जना किसोर आन्दोलनकारीहरु सँग कुरा गरे। देशको भविष्य नेतृत्वहीन हुदैन अब भनेर उहाँहरुको तारिफ पनि गरे। तर केही सिमित किसोरहरु सँगको कुराकानी बाहेक, उपलब्धिहीन भेटघाट भयो भन्दा मलाई आपत्ती लाग्दैन। किन?

१. उहाँहरुको भोलि कहाँ जाने दिशा छैन र मार्ग छैन। यो स्वाभाविक हो, त्यो दिशा र मार्ग बनाउन हामीले पनि मद्दत गर्नुपर्छ। तर म सँग कुरा गर्ने किसोरहरुमा राजनीतिक उत्साह देखिन। जम्मा तीन जना मैले देखे, जसले छलफलमा केही बुँदाहरु टिप्नु भयो, सात जना जतिले प्रश्नहरु गर्नु भयो। अब दुईवटा अवस्था अनुमान गर्न सकिन्छ (१) उहाँहरुको यो देश बनाउने सपना छैन, उहाँहरुमा हिजोको राजनीतिक कुसंस्कार प्रती आक्रोश मात्र छ। उत्साह र त्यागले मात्र नेतृत्व जन्मन्छ, आक्रोशले त बिध्वंसमात्र, र (२) उहाँहरुमा राजनीतिक सत्ताको बास्ना आइसक्यो, त्यसैले उहाँहरु आफ्नो महत्व बेलुन फुलेझै मोटाएको देख्न थाल्नु भयो। अर्थात बिना तयारी पछाडी कोहि उभ्याएर पार्टी खोल्न थाल्नु भयो। यो अपरीपक्वताको संकेत हो।

२. राजनीति आफ्नो लागी गर्दा हिजो देश असफल भयो जन समृद्धि निर्माण गर्न। अब कसैलाई आफ्नो लागि राजनीति गर्ने हक छैन जनतालाई नागरिक बनाउन राजनीति गर्नु युगको चाहना हो। किसान, शिक्षक, मजदुर, व्यवसायी, रोजगारहिन युवा, र देशको अर्थतन्त्रकै समस्या छ। यी कुरा किसोर साथीहरुले कति बुझ्नु भएको छ?
३. किसोर आन्दोलनका केही बिशेषता संसारमा देखीएका छन। (१) उहाँहरु भावनाको आवेगमा बढी बग्नुहुन्छ, यथार्थ पचाउने सामथ्र्य कम हुन्छ । (२) उहाँहरुको आन्दोलन नेतृत्वहिन हुन्छ । (३) उहाँहरु मानिसले के भन्छ र तथ्य के हो भन्दा एआइले के भन्छ भन्ने कुरामा बढी बिश्वास गर्नुहुन्छ र (४) उहाँहरु अप्लकालिन उपलब्धीलाई मन पराउनुहुन्छ र दुनियाँ एक सासमा परीवर्तन हुन्छ भन्ने ठान्नुहुन्छ। उहाँहरुका बारेमा उतिबेलै फ्योदर दोस्तोएभेस्कीले रासकोलिनकोभ पात्र प्रस्तुत गरेकै छ।
किसोर मित्रहरू, तपाईहरुका लडाईले तपाईहरु नयाँ बोतलमा पुरानो रक्सी देखिनु भैसक्यो। यो समाज र देश तपाईहरुका अतिरिक्त अरु लाखौ मानिस र विभिन्न पुस्ताको हो। हरेक मानिसको स्वतन्त्रता छ र कोहि पनि तपाईहरुको इंजार समातेर हिंडदैन। के कुरा हेक्का राख्नुहोस भने
क) यो समाजमा अनेक समस्या छन र ती समस्याको सम्बोधन गर्न तपाईको उत्साह सहित पुर्व किसोरहरुले कमाएको अनुभव पनि चाहिन्छ तब मात्र परीवर्तन सम्भव हुन्छ।
ख) समाजको परिवर्तन र राष्ट्रको बिकास सबैको समावेसिता बाट मात्र संभव हुन्छ।
ग) यो समाजमा धुर्त र माफियाको ठुलो संख्या छ। एसका पैसाले तपाईलाई बेलुन फुलेझै फुल्न त सजिलो हुन्छ, तर जब उसले पिन रोप्छ हावा जान्छ र घरको न घाटको बन्नुपर्छ।
यति ख्याल गर्नुहोस। र, बिमर्शमा सरीक हुनुहोस। व्यवस्था बदल्न चाहनुहुन्छ भने संबिधानका कम्जोरीको खोजी गर्नुहोस। भुराजनिती बुझ्नुहोस र आफ्नो साइज नाप्नुहोस।

