राष्ट्रमाथिको अपराध र हतियार लुटिएका घटनाको अनुसन्धान हुनुपर्छ

राष्ट्रमाथिको अपराध र हतियार लुटिएका घटनाको अनुसन्धान हुनुपर्छ

ram naam satya

युवराज संग्राैला

सेप्टेम्बर ९ तारिखका दिन देशले एउटा त्रासदीको समना गर्याे। यो जेनजी आन्दोलनको आडमा गरीएको आपराधिक मानसिकता,  राष्ट्रबिरोधी नियत र नेपालको स्वतन्त्रता र स्वतन्त्रता माथीको आक्रमणको योजनाबाट गरिएको त्रासदी थियो। क्षतीका दृष्टिकोणबाट यो २०७२ भुकम्पको क्षति भन्दा अधिक ठूलो छ भन्ने कुरामा विवाद छैन, र यसले नेपालमा अस्तित्वका दृष्टीकोणले भविष्यमा एउटा चुनौतीप्रती संकेत गर्दछ।

 

मैले ८ तारीख र ९ तारीखका घटनालाई पृथक गरेर हेर्नुपर्छ भनेको थिए। ८ तारीखका दिन जेनजी भनिएका नेपालका किसोर वा नवयुवाहरुले भ्रष्टाचारग्रस्त शासकिय स्वरुपका विरुद्ध गरेको आन्दोलन थियो त त्यो शान्तिपूर्ण आन्दोलनले त्यसदिन १ः०० बजेपछि गरिएको युवाहरूको कत्लेआम पछि सरकार विरुद्धको बिद्रोहमा परीणत भयो। सरकारले राजिनामा गर्याे र नागरिक सरकारको गठनको बाटो खुल्यो।

 

तर अर्कोपट्टी ९ तारिखका दिन देश जल्यो। छानी छानी राज्यका दस्ताबेजहरु नष्ट गरीए, वा चोरीए। जनताका धन सम्पत्तिका अभिलेख रहने मालपोत र नगरपालिका जलाइए। मन्त्रालय, र संसद भवनहरु जलाइए। सरकारी गाडीहरु जलाइए। अदालत भवन र मिसिलहरु जलाइए र राष्ट्रबैंक जलाएर राष्ट्रको सम्पूर्ण धन जलाउने प्रयास भयो। यो ८ तारीख मारीएका युवा आन्दोलनकारीको हत्याको बदलामा स्वतस्फूर्त उठेको आन्दोलनमात्र थिएन। यस आन्दोलनभित्र छिरेर देश ध्वस्त पार्ने योजना पनि सामेल थियो।

 

१. बिदेशी सन्डे गार्डियन र न्युयोर्क टाइम्सका लेखहरु पछि नेपालीका संकथन बद्लिन थालेका छन। त्यसबेला ८ र ९ तारीखका दिनका आन्दोलनलाई पृथक गर्नुपर्छ भन्दा मलाई धेरैले गाली गरे। तर बिदेशी पत्रीकाले ९ तारीखका घटना स्वतस्फुर्त थिएनन भनेपछि अहिले भिडियो र टिभि कार्यक्रम बन्न थाले। यो मानसिकताले नेपाल अहिले पनि अपरीपक्क जनताको देश हो भन्ने देखाउछ।

 

२. घर जल्दा आन्दोलनकारी बार्दलीबाट चढेर पहिला झ्याल खोल्थे, बोतलबाट पेट्रोल छर्कन्थे, कोठामा गएर कम्युटरका हार्डडिक्स निकाल्थे, कागज खोज्थे र त्यसपछि आगो लगाँउथे । अहिले उल्लेखित पत्रीकाले लेखे यी अपराधीक प्रवृत्ति र पुर्वयोजनाका प्रमाण हुन। तर हिजो मानिसको ज्यान भन्दा त घर ठुला होइनन नि भन्ने भावनात्मक संकथन निर्माण गरेर मानिसलाई बोल्न बाट रोकियो,  किनकि बोल्दा धम्कि आँउथे।

 

३. यी घटना एकातर्फ राष्ट्रलाई ध्वस्त पार्ने खेल थिए र अर्कातर्फ युवाहरूको आन्दोलन तुहाएर राज्यलाई परीवर्तनको बाटोमा जान रोक्ने षडयन्त्र थिए ।

 

नेपालले ७० बर्षमा कहाँ पुग्नु थियो, तर आजपनि यसका खुट्टा बाँधिएका छन।  भूराजनीति फन्दा झनै कसीदैंछ। राजनीतिक दलहरूले नव सामन्तवादको स्थापना गरे। संस्कृतिको शीरक्षेदन गरे। कर्मचारीतन्त्रलाई भ्रष्ट बनाए। राष्ट्रका धर्ममाथी आक्रमण गर्ने ढोका खोलिदिए र नागरिक पलाएनको राजमार्ग बनाइदिए।

 

यी सबै अपराधको छानबिन हुनुपर्छ  र राष्ट्रमाथी घात गर्नेहरूमाथी कार्वाही हुनुपर्छ।

 

अतः अब भन्नै पर्छ, ९ तारीखका दिन भएको राष्ट्रमाथिको अपराध र हतियार लुटिएका घटनाको अनुसन्धान हुनुपर्छ। निर्वाचन हुनुपर्छ र देशभक्त शक्तिको एकीकरण हुनुपर्छ। यो त्रासदीपुर्ण अवस्थाको फाइदा लिएर राजनीति सेक्ने कुराको बिरोध हुनुपर्छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *