दुष्टहरुका चौतारीमा देशभक्तहरुको पिडा

दुष्टहरुका चौतारीमा देशभक्तहरुको पिडा

ram naam satya

युवराज संग्राैला

यदि गहिरिएर हेर्ने हो भने, राजनीति र प्रशासनतन्त्र तथा बिश्वबिद्यालय भित्र देशको बारेमा सधै हित चिताउने देशभक्तहरुको ठुलो संख्या भेटिन्छ। उनिहरु पदक र पुरस्कार होइन, राष्ट्रको उन्नति र भविष्यका लागि काम गरिरहेका हुन्छन्। उनिहरु बोल्दैनन् किनकी उनीहरुको आवाज वरीपरीको वातावरणले दवाएको हुन्छ।

१. बिगत ३७ बर्षको शासनकालमा यस्ता व्यक्तिहरुको पतन र पलायन, महामारीको रुपमा भयो। अहिले देशमा हरेक क्षेत्रमा भरपर्दा दस जना बिज्ञ पाउन हम्मे हम्मे पर्छ। पहिलो कारण त देश भित्र राजनीति नेताको चाकरीप्रथामा पन्पिएको दुष्ट संस्कृतिको चंगुलको शिकार हुनुपर्ने डरले धेरैले देश छोडे र दिमागको विदेश बसाईसराई नेपालको नियति बन्न पुग्यो। आज देशमा सिहंदरबार जलाउने, अरुको बिरोध गर्दै आफू उसको ठाउँमा पुगेर लुट्ने, देश बेच्न प्रतिस्पर्धा गर्ने, र लाज सरम छोडेर धर्म, संस्कृति र राष्ट्रिय स्वाभिमान बेच्न तयार हुने जत्थाको बिगबिगी छ, जो सामाजिक संजालमा अस्लिलता र असभ्यता प्रकट गर्छ र गालीगलौजको भाषा बोलेर आत्मसन्तुष्टि व्यक्त गर्छ। अर्कातिर बचेका देशभक्तहरु आफ्नो कर्मक्षेत्रमा आंतकित छन र छेउकुनामा जीवन यापन गर्छन। उसमाथी दलका नेता र राजनीति तिकडमबाट पद हत्याएकाहरुको दमनको खतरा संधै हुन्छ। उसका छेउमा बसेको दुष्टहरु पदक लिन रास्ट्रपतिको कार्यलय पुगेको देख्दा उसको आत्मा रुन्छ तर पनि उस्ले कृत्रिम हाँसो हाँस्न जानेको छ।

 

२. राजनीति दलका नेताज्युहरु, आज तपाईहरु देशमा षडयन्त्र भएको ठान्नुहुन्छ तर यदि यो षडयन्त्र नै हो भने पनि त्यसको कारण त तपाईहरु नै हो, अर्थात तपाईहरुकै भूत षडयन्त्रको कर्ता हो । तपाई आज होइन, तपाईकै कारणले हिजैबाट घेराबन्दीमा हुनुहुन्थ्यो। तपाईका कार्यकर्ता त बिदेशीका घरका सदस्य थिए। आज देश जल्यो, तर जलाउनेहरु तपाईहरुकै घरमा हुर्कीएका मान्छे हुन् भन्ने थाह छ? हिजो यी पोथ्राहरु तपाईकै अलिसान बैठकमा तपाईसँगै तस्बिर खिच्दै देखिन्थे। यस्ता तपाईहरुका अबैध सन्तानहरु आफै परपीडक घृणाको संस्कृति र अरुको सामाजिक अवसानमा सरीक नेपोकिड्स थिए, तर उनिहरुनै अरुलाई नेपोकिड्स बनाएर घृणा रोपिरहेका थिए। यस्ताका आंतकले देशका थुप्रै देशभक्त र प्रतिभाहरुले पेटपाल्न आफ्नो पहिचान गुमनाम पारीदीए।

 

३. बिगत ३७ बर्ष पहिला पञ्चायती शासनमा राजनीतिको दमनले मानिसहरु पीडित थिए। थुप्रैले चुपचाप मास्टरको जागीरमा जीवन गुजार्नु पर्थाे र उनीहरु स्वतन्त्रता र समृद्धिका लोभले भित्र भित्रै तपाईको संगठन बिस्तार गर्न र तपाईलाई पाल्न बाध्य भए। तर जब देशमा २०४६ साल आयो, तब तपाईहरुका अगाडी पछाडि भात होइन सुन खानेको जमात बढ्यो र देशभक्त र इमान्दारहरुको प्रतीभाको हत्या भयो। आज देश यहाँ पुग्यो।

आज देशको अगाडी अँध्यारो छ, भबिष्यमा तुवाँलो लागेको छ। यो देश कसैले निल्ने त होइन भनेर केही बोल्न सक्ने र ज्यानको पर्वाह नगर्नेहरु चेतावनी दिई रहेका छन्, तर यस्ता चेतावनीलाई देशका लागि एउटा सिन्को नभाचेकाहरु कोठा भित्र बसेर षडयन्त्रको सिद्धान्त बोल्नेहरु भन्दै उनका बिष्लेषणलाई लाटा देशका गाँडा तन्नेरी भनेर ब्यंग हानीरहेका छ्न। अर्थात देशको बौद्धिकता स्युडो (अर्ध) ज्ञानीको कृडास्थल बनेको छ ।

 

नेताज्युहरु,
देशको यो विषम उत्कर्स तपाईहरुको बिगत ३७ बर्षको भांडभैलो, बिचारको पतन, सामन्ती सोच, इगो, र धनको भोकको कारणले उत्पन्न भएको हो। आज तपाईको यो दशा हुन दृश्य अदृश्य खेलको हात छ। तर तंपाइका हात पनि फोहोर छ्न। हिजो यी दृश्य अदृश्य तत्वकै चौकिदारी तंपाइले गर्नु भयो। तपाईहरुले प्रतिभा र देशभक्तलाई मट्टीतेल छ्याप्नु भयो। त्यसैले तपाईका बिदेशीका गोठमा हुर्केका सन्तानले तपाईकै घरमा आगो लगाए। तर, अझै तपाईहरु हिजोको दिन फर्कने प्रतिक्षामा हुनुहुन्छ। त्यो केवल मृगतृष्णा मात्र हो। आफ्नो बिचारको पक्षपोषण र देशको रक्षालाई आत्मामा राखेर आफुलाई परीवर्तन गर्नुहोस।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *