

युवराज संग्राैला
भाइबहिनीहरु, गोरुगाडा आफै हिन्दैन। गोरु नार्नु पर्छ। अनि, गोरु नारेर मात्र हुंदैन, गाडालाइ सन्तुलित पाराले तान्ने सीप सिकेका गोरु चाहिन्छ। राजनीति गर्ने मानिस राम्रो संङ्ग बाटोमा हिंड्ने सीप भएको गोरु जस्तै हो, गोरु सिपालु छैन भने गाडा पल्टिन्छ।

१. गोरुलाइ नियन्त्रण गर्ने गाडिमान चाहिन्छ, राजनीतिमा त्यो गाडिमान बिचार हो। बिचारले गन्तव्य निश्चित गर्छ र मार्ग देखाँउछ।

२. तपाईहरुले मकाएको सरकार लडाउनु भयो, तर त्यो लाभको भागिदार को हो ठम्याउनु भएन। तपाईहरुले अल्पकालीन बिजय त पाउनु भयो, तर देशको भविष्यनै अनिश्चित भयो।

३. मैले पटक पटक भनेको छु “तपाईहरुको आन्दोलन कुनै एक वा दुई शक्ति राष्ट्रको रणनीतिको अस्त्र मात्र बन्न सक्छ। को हुन ती T O B लेखेका मानिस? कस्ता मानिस प्रराष्ट्रमन्त्री बन्न दिल्लीबाट आएका रहेछ्न? तपाईहरुका कति समूह छ्न? किन सबैलाई मन्त्री चाहीएको हो? किन “पपुलिजम” को पछाडी कुदिरहनु भएको छ? अब तपाईहरु सँग उत्तर माग्न थाल्छ्न जनताले। तपाईहरुका झगडाले सामाजिक संजाल फोहोर हुदैछ।
४. तपाईहरुलाइ थाह छ, यो देशका गाउँ गाउँमा आजपनी सुत्केरी हुन नसकेर आमाहरु मर्छ्न? तपाईहरुलाइ थाह छ, किसानले पाउने सब्सिडी ब्यापारी र राजनीति व्यक्तिले पाई रहेका छ्न? तपाईहरुलाइ थाह छ नागरिकले आफुले दिएको अनुदानमा पनि कर तिर्नु पर्छ? तपाईलाई थाह छ ७२ लाख सहकारी पीडित अन्यायको शिकार भएका छ्न, अनि आन्दोलनमा अदालतका कोठा छानी छानी ती पीडितका फायल जलाइएका छ्न? तपाईहरुलाई थाह छ, मिटर ब्याजले रगत चुसेका नागरिकको पीडा? तपाईलाई थाह छ, सिडियो कार्यलय जलेर युवाले नागरिक्ता बानाउन पाएका छैनन? तपाईलाई थाह छ मालपोत र नापीमा मानिसका घर जग्गाका कागज जलेका छ्न? छैन, थाह भएको भए तपाईका आन्दोलनमा छिरेर अपराध गर्ने र पुलिस मार्नेलाई कारबाही गर्नेलाई कानुनी कारवाही किन रोक्नु हुन्छ?
५. भ्रस्टाचारले मारेका मानिस त सर्वसाधारण जनता हुन। तपाईको आन्दोलन त भ्रस्टाचार विरुद्धको थियो, तर तपाईहरुको प्राथमिक्ता त केही थान मानिस थुन्नुमा सिमित छ। जेन्जीलाई बिद्धुत परीयोजनाको सेयर चाहियो, मालपोत र भान्सारमा प्रतिनिधित्व चाहियो, यी कस्ता माग हुन? तपाईहरु नेपाल बनाउने एजेन्डामा चुक्नु भयो। सोच्नु होस।
६. समस्याको जरो हाम्रो निर्वाचन र संसदको संरचनामा छ। हाम्रो निर्वाचन प्रणाली “मताधिकार प्रयोग गर्ने प्रणाली होइन, यो त कुलीन र दलका मालिक सँग सौदाबाजी गर्ने प्रणाली हो। हाम्रो प्रतिनिधि सभा केही थान मालिकका अनुचरले भत्ता र तलब खाने ठाउँ हो।” यस ठाउँमा विद्यार्थीको प्रतिनिधि हुंदैन, शिक्षकको प्रतिनीधि हुंदैन। मज्दुर र किसानको प्रतिनिधि हुंदैन। व्यवसायिको प्रतिनिधि हुदैन। आन्दोलन त यस्कालागि हुनुपर्ने होला नि, होइन र?
७. प्रत्यक्ष राष्ट्र प्रमुखको निर्वाचनको कुरा गर्नुहुन्छ। थाह छ, रास्ट्र प्रमुख सेनाको परमाधिपती हुन्छ! सेनाको शक्ति र शासनको शक्ति एकै ठाउँमा राखेपछि के होला? हामिलाइ चाहिएको त जनउत्तरदायी प्रधानमन्त्री होला, होइन र? आन्दोलन गर्नु अघि राम्रो सँग बुझ्नुहोस।
देशलाई भुराजनितीको द्वन्दको आगोमा नहाल्नुहोस। नेपाल भित्र तिब्बत न ल्याउनुहोस, भोग्न नसकिने कुरा भोग्नुपर्ने हुन सक्छ। बिज्ञहरु सँग छलफल गर्नुहोस। जनउत्तरदायी प्रधानमन्त्रीको निर्वाचनको उपाए छ, तर संबिधान मार्ने योजना स्विकार्य छैन।

