ऋण, लुट र निराशाले ग्रस्त हाम्रो अवस्था

ऋण, लुट र निराशाले ग्रस्त हाम्रो अवस्था

ram naam satya

युवराज संग्राैला

परजीवीहरु र रोगले ग्रस्त गाइले दुध दिंदैन। देश त्यस्तै छ अहिले। झन्डै २७ खर्बको ॠणको भारले थिचीएको, १५/१६ खर्बको आयातले चुसेको, पाइला पाइलामा करले लुटिएका नागरिक र उनिहरुका करबाट करोडौंको गाडी चड्ने नेता र कर्मचारीले डसिएका जनताहरु, बिप्रेसनबाट बांचेको अर्थतन्त्र, खेती गर्दा टाट पल्टिने कृषि नीति, देशका २०% ले ८०% उच्च शिक्षाको पंहुच लुटेको देश हो हाम्रो। बहस त यो बिकराल समस्या कसरी समाधान गर्न सकिन्छ भन्ने होला, होइन र। तंपाइले हिजो देवता बनाएकाले यी समस्या समाधान गरे? गरेनन। उनिहरुले “चरम उपभोक्तावाद लादे। तंपाइहाम्रो ९४% आमदानी चुसे। हाम्रो पसिनाको करबाट धन राज्यको कोषमा लगेर भ्रष्टाचार गरे।” आज देशमा सबै धन माथीका १०% प्रतिशतका हातमा छ। छोराछोरी पढांउदा र उपचार गर्दा श्रमजीवी मानिस गरीव हुन्छ।

 

१. धनीहरु झन झन धनी हंदै छ्न र मध्यम परिवार गरीब र गरीब झन गरीब हुँदैछन। जेन्जीका साथीहरू तंपाइहरु “प्रधानमन्त्री” निर्वाचनको बिधीमा भुलिनु भएको छ। “प्रधानमन्त्री प्रत्यक्ष र अप्रत्यक्ष हुदैन। निर्वाचन प्रणाली “जनताले सिधै मतदान गरेर छान्ने वा प्रतिनिधि मार्फत छान्ने” पद्धति हुन्छ्न। समस्या यो होइन, समस्या “आज सम्म किन प्रधानमन्त्री वा सरकार नागरिक उत्तरदायी भएन भन्ने हो। हाम्रो बहस कसरी प्रधान्मन्त्रीलाई नागरिक प्रती उत्तरदायी बनाउने भन्ने हो।” अहिले सम्म त सरकार “धन, गुण्डा, जातजाती र नाता आदिले जितेर आएका सासंदको संसद प्रती उत्तरदायी हुन्छ, जनता प्रती होइन र यस क्रुर भ्रमलाई लोकतन्त्र भन्दै पटक पटक केही मान्छे प्रधानमन्त्री भए।

 

२. प्रधानमन्त्रीलाई जनउत्तरदायी बनाउन निर्वाचन होइन, राजनीतिक व्यवस्था नागरिक सर्बोच्चता प्रत्याभूत गर्ने हुनुपर्छ। अहिलेको व्यवस्था त दलतन्त्र हो जस्ले केही थान नेतालाई मालिक बनांउछ। नेता कुलीन हुन्छ र नागरिक “लोक” अर्थात भुइमान्छे। त्यसैले भुइमान्छेलाई होइन कुलिनहरु लाई देशका मालिक बनाउन, तपाईं हाम्रो निर्वाचन प्रणालीलाई “मासु भात” मा भोट किन्न पाइने बनाएको छ। यस्तो निर्वाचन प्रणालीमा “पार्टीको उमेदवार र भुइ मान्छेका बिचमा सौदाबाजी हुन्छ।” ” उमेदवार भन्छ, “मालाई भोट दिनुहोस।” भुइमान्छे भन्छ ” तपाईं हामिलाइ के दिनुहुन्छ।” उमेदवार भन्छ, ” तपाईं के माग्नु हुन्छ।” भुइमान्छे, “हामिलाइ सडक पिच गर्नुछ।” संझौता हुन्छ। यो त निर्वाचन होइन, “सौदाबाजी” हो। यहाँ मताधिकार प्रयोग हुंदैन। यहाँ फाइदाको सौदाबाजी हुन्छ। बदल्नु पर्ने त लोकतन्त्रको नामको यो अवसरवाद हो। जेन्जी साथीहरू तंपाइले खोजेको केवल निर्वाचन पद्धति हो? हो भने, तंपाइको जित अल्पकालीन हो। हो, तपाईं केही थान मन्त्री हुनुहोला। तर भुंइ मान्छे त्यसरी नै ठगिन्छ जसरी हिजो ठगिदैं आएको छ।

 

३. नरीसाउनुहोला, तर तंपाइहरु निरर्थक बहसमा हुनुहुन्छ आज भोलि सडकमा। तंपाइहरुका मागले “हिजो जस्तै कुनै एक थान मान्छेलाई प्रधानमन्त्री बनाउने छ र त्यो सम्माननीय हुनेछ, तंपाई चै पहिला झै सडकछाप। तंपाइहामीले बदल्ने त “राजनीतिक व्यवस्था होला नि होइन र?” तपाईंहरुले गरेको आन्दोलन महंगो साबित भएको छ। थुप्रै युवाहरूको ज्यान गएको छ। रास्ट्रको १ खर्बभन्दा ज्यादा नोक्सानी भएको छ। व्यक्तिको ८६ अर्बको नोक्सानी भएको छ। मालपोत कार्यलय जलेर जग्गाका लगत ध्वस्त भएका छ्न। नागरिक्ता बन्दैनन, कंयौ कार्यलय जलेर। तर सडकमा तंपाई “आफ्नो नेता बन्ने धोको पूरा गर्दै हुनुहुन्छ।” यस्तो देखीन्छ।

 

४. प्रश्न त “संसदमा समाजका हरेक तप्का र समुदाय वा बर्ग, व्यवसाय र संप्रदायका नागरिकको प्रतिनिधित्व कसरी सुनिस्चित गर्ने हो भन्ने होला, होइन र? प्रधानमन्त्रीलाई कसरी बिदेशीको एजेन्ट बन्न रोक्ने र कसरी “नागरिकको शासक होइन, सेवक बनाउने भन्ने होला, होइन र? गाउँ गाउँमा जनतालाई न्यायको पहुंच कसरी पुर्याउने भन्ने होला, होइन र? तलको गरीब ४०% जनतालाई निसुल्क आवसिय शिक्षा उपलब्ध गराउने भन्ने होला, होइन र? अर्थात, समाजलाइ कसरी हिंसा, अभाव, रोग, शोषण र अकालमा मर्नुपर्ने अवस्थाबाट मुक्त गरेर समतामुलक समाज बनाउने भन्ने होला, होइन र?

 

५. तपाईहरु रास्ट्र र समाजको संरचना बदल्न चाहनुहुन्छ वा “निर्वाचनको प्रणाली?” तंपाइहरुका तर्क र बहस त (१) कुनै एक थान मान्छेलाई प्रधानमन्त्री बनाउने योजनाबाट निर्देशित देख्न सकिन्छ; (२) हामिले अहिले “मानिस” होइन नेपालको बर्तमानलाइ बदल्ने “बिचार” खोज्ने बेला हो, जुन बिचारले नेपालको संबिधानलाई पुनर्लेखन गर्दै “नागरिकको सर्बोच्चता कायम गर्ने, नागरिकलाई देशको मालिक बनाउने र समाजलाई समतामूलक बनाउने हो।”

 

तंपाइको एक्लो पुस्ताले एक्लै यो महान लक्ष पुरा गर्न सक्दैन। देशका सबै पुस्ता यसमा लाग्नु पर्छ। आन्दोलनमा सबै जनता आउने बाताबरण निर्माण गर्नु तंपाइहरुको पहिलो जिम्मेवारी हो। नत्र तंपाइको आन्दोलन कसैले खोस्ने छ। यो आन्दोलनमा तंपांहरुको महान योगदान छ। तर तंपाइको यो योगदान हिजो हामिले निंरंकुश सत्ताका विरुद्ध गरेको आन्दोलन माथी उभिएको छ। अत: भुराजनितीमा कुनै शक्तिका गोटि हुनबाट सतर्क हुनुहोस। संसारमा सबैको इतिहास लेखिन्छ तर एजेन्टको इतिहास लेखीएको छैन। जनताको जीवन समृद्ध पार्ने अठोट बोक्नु होस। अर्थतन्त्रलाई बिदेशी सहायताको दुर्ब्यसनबाट मुक्त गर्ने उपाए सोच्नुहोस। स्वरोजगार निर्माण गर्ने शिक्षाको ढाँचा खोज्नु होस। क्रान्तिलाई बस्तुगत यथार्थताले निर्देशित गर्नु पर्छ, मोबाइलबाट पोखीएका असीमित तिलस्मी भावनाले होइन। तंपांहरु संङ्ग आंट र जोस छ। तर नेतृत्व छैन। बिचारको नेतृत्व खोज्नुहोस र व्यक्तिको अनुहार हेर्न छोडनुहोस। यो आन्दोलन अवस्य सफल हुनेछ ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *