

प्रा.डा. युवराज संंग्राैला
आज पनि तेस्रो आंखाको कुरा गर्छु।

जेन्जि आन्दोलन भयो। दुनियाँ भन्दै थियो, अब सत्य युग आउँछ। तर खोहि त परीवर्तन? उल्टै “हतार हतार एउटा निर्वाचन आंउदैछ।” यो निर्वाचनमा कसैको सक्रिय चाख छ भने “त्यो जेन्जीको होइन, हिजो जागिरमा नेताको चाकरी गर्ने कर्मचारी र पुलिसको।” क्या गजब छ, “पेन्सन पनि खाएकै छ। घरमा सरकारको तलब खाने प्रहरी भान्से पनि राखेकै छ। अब चुनाव लडन पनि पाएकै छ।” क्या गजवको परीवर्तन आयो। वाह!
किन भयो जेन्जी आन्दोलन भन्ने कुराको छलफल राज्यमा कतै भएन। जेन्जी सिहंदरवार कुद्छ्न, जेन्जीका पछी “बैकल्पिक पार्टी बनाउने कलाकार, पुर्वकर्मचारी, पुर्व सेना, पुलिस र अभियन्ताहरु कुदिरहेछ्न। जेन्जी आन्दोलन पछीको राजनीति त यहि हो। को सङ्ग छ, नेपालले भोगिरहेका तलका समस्याको समाधान?

१. सार्बजनिक बहस गर्नु आवश्यक छ। जेन्जि आन्दोलनका केही अन्तरनिहित कारण खोजौं। २०४८ साल पछी “अलेली भएका उद्धोग पनि बन्द गर्दै नवउदारवाद आयो। यस्ले बिगत ३७ बर्षमा भएका थोरै उद्धोगपतीलाई पनि “कमिसन ब्यापारी बनायो।” रोजगारहिन आर्थिकवृद्धिलाई प्रोत्साहित गर्यो। पैसाको लगानी गरि बस्तु उत्पादन गर्ने र मुनाफा गर्ने होइन पैसाको उत्पादन गर्न मात्र पैसा लगानी गर्ने सेयर मार्केट, जग्गा प्लटिङ्ग, आदि जस्ता उद्द्ममा अर्थतन्त्र लिप्त भयो। राज्यलाई बिदेशी मुद्राको चिन्ता भएन किनकी रेमिटेन्सबाट उस्को समस्या समाधान भयो, परीणास्वरुप घनघोर उपभोक्तावाद मौलायो। बैंक धनी भए। आज निर्माणका काम सुस्त छन, उद्धोग खोल्न कानुनी झन्झट छ, खुलेका पनि कस्ले संरक्षण गरीदिने? बित्तीय पुजिंवाद्ले प्रती व्यक्ति आय १५०० डलर पुग्यो र आर्थिक वृद्धि दर सकारात्मक त रह्यो। तर दुर्भाग्य “उद्धोग बिनासगर्ने यस उदारवाद (jobless neoliberalism with de-industrialization) निसन्तान बाबुआमा जस्तै बांझो छ। यसले रोजगारीको अवसर निर्माण गरेन। युवाहरू बेरोजगार भए। यस्ले युवा पलाएन र श्रम पलाएनको बध्यता एउटा जटिल समस्या जन्मायो। गठबन्धनबाट सत्तादोहन गर्न पल्किएका नेताले केही भेउनै पाएनन,समाजभित्र के पाक्दै थियो। यहि रोजगारहिन नवउदारवाद जस्ले औद्योगिक बिकास र उत्पादनका संभावना निशेध गर्यो, जेन्जी आन्दोलनको अन्तर्निहित कारण थियो। यस्का अपराधी बिगतमा शासन गर्ने दलहरू थिए। अब अहिले पुरानो फुटेर नंया दल बनेका “नंया बोतलका पुराना रक्सीहरु, नंया नामधारी एकतावाला र अध्यक्षका पदमा भिडन्त गर्नेहरु र विकल्पका मसिहाहरु भन्नुहोस त “रोजगारीहिन आर्थिक गतिविधिमा सिमित अर्थतन्त्र” लाई कसरी संबोधन गर्नुहुन्छ? र, जेन्जीलाई रोजगारी दिने उद्धोग कंहाबाट ल्याउनु हुन्छ? आशा खुव देखाउनु भएको छ भ्रस्टाचार रोक्ने तर “उत्पादनहिन समाजमा, उद्धोगहिन समाजमा पैसाले पैसा उत्पादन गर्दै बस्तुउत्पादन निशेध गर्ने अर्थतन्त्रबाट रोजगारी कसरी निर्माण गर्नुहुन्छ? अब अर्को आन्दोलनमा घर जल्ने प्रतिक्षामा रहनुहोस। त्यसैले जेन्जी लाई मैले पटक पटक भने “व्यक्तिका पछाडि होइन बिचार खोज्नुहोस जस्ले समस्याको समाधान निकाल्छ।” जेन्जी आन्दोलनको मुख्य अन्तर्निहित कारण रोजगारी बिहिन आर्थिक वृद्धिदरमा सिमित अर्थतन्त्र हो।
२. अर्को समस्या छ। बिदेश जानू दुर्ब्यसन जस्तै भैसक्यो। देश “रेमिटेन्स चंगुल” मा डुबेको छ। मानिसले पठाएको रमिटेन्सको ९४% उपभोगमा सकिन्छ। सरकार बिदेशी मुद्राका लागि श्रम निर्यात गर्ने अपराध गरि रहेको छ। नेपाली युवा श्रम बिदेशमा दुरुपयोग भैरहेको छ। अन्तरास्ट्रिय श्रम बजारमा नेपाली युवाको माग छ। देशमा उत्पादन गर्ने आदत क्षय भएको छ। भएका उद्धोगमा पनि आगो लगाइन्छ। यस्को पछाडिको कारण झनबढी मानिसलाई बेरोजगार बनाउनु थियो, ताकी अझ बढी मानिस बिदेश पलाएन हुन। यो रमीटेन्सको चंगुल कसरी संबोधन गर्नुहुन्छ? जेन्जी मित्रहरू नंया राजनीतिक नेतालाई यो प्रश्न सोध्नुहोस।
३. अर्को पनि समस्या छ। हामी भुराजनितिको चंगुलमा छौँ र यो जटिल हुंदैछ। भारत र चीनको १०० बिलियन डलरको ब्यापार छ। भारतमा चीनको लगानी बढदै छ। भारत चीन बाट असुरक्षा ठान्दैन। तर भारत “नेपालमा चीनको लगानीमा उत्पादन भएको बिजुली किन्दैन। उज्यालो दलका नेता भन्छ्न हामी बिजुलि बेचेर धनी हुन्छौं।” तर गाउँमा एकफेजको लाइन मात्र छ। एउटा मोटर पनि घुम्दैन। बिजुलि भारतलाई बेचेर धनी हुने हो, वा गाउँ गाउँमा उर्जा पुर्याएर मानिसलाई उत्पादनमा सरीक गर्ने हो? जेन्जी साथी हो यसबारेमा सोच्नु भयो? यो भुराजनितिक चंगुल कसरी संबोधन गर्ने होला?
आगामी चुनावले यी समस्या संबोधन गर्ने नेताको छनौट गर्ला? गरोस कामना छ। तर चिन्ता के हो भने जेन्जी यी समस्यामा छलफल गर्ने सक्रियता देखाइ रहेका छैनन। देशले अर्को भयानक बिद्रोह झेल्नु पर्ने चुनौती देख्छु।

