

प्रा. डा. युवराज संग्राैला
“निलो रङ्गको ड्रममा सेतो लुगा लगाको मानिसलाई चोब्नुहोस, त्यो निलै हुन्छ। सेतो रंहदैन। नेपालको “बर्तमान व्यवस्थामा स्वर्गका राजा इन्द्रलाई ल्याएर राख्नुहोस, तिनले अहिलेका नेताले जस्तै घुष खान्छ्न।”

१. नेपाल यस्तो हुनुमा समस्या यस्ले अवलम्बन गरेको “रुग्ण, भ्रष्ट, र हेर्दा लोकतन्त्र भनीएको “दलतन्त्रमा” छ। तर नेपाली बुद्धिले मान्छे बदलेर शुद्ध राजनीतिक प्रणाली खोज्छ। बेलायतले भारतलाइ बोकाएको कथित लोकतन्त्र, हामिले ढुंङ्ग्रामा हालेर ल्यायौं। लाल बुजक्कड ले कमेन्टमा मलाई गाली गर्दै लेख्ने छ्न “अनि भारत चैं बिकास कसरी भयो त?” भारतको बिकास कस्तो छ भन्ने कुरा मैले “मेरो भरखर प्रकाशित पुस्तक “नागरिक समृद्धिको मुलमार्ग” मा तंथ्यांक सहित राखीदिएको छु। त्यहाँ ८० करोड भारतिय सरकारबाट पांचकिलो चामल पांउछ्न।” गरीबहरु जिएस्टी (कर) तिर्छ्न। भारतको ७५% सम्पत्ति २३ जना धनी अम्बानी र अडानी जस्ता सङ्ग छ। बिजेपी यो व्यवस्था बदल्न चाहन्छ त्यही कारण बिजेपी पश्चिमी शक्तिको घेराबन्दीमा छ। भारत देश धनी हुंदैछ, र धनी भारत देश २३ जनाको नियन्त्रणमा छ। कसरी? सबै उद्धोग यिनै २३ जनाका छ्न, सबै संचार माध्याम यिनकै छ्न। सबै कलेज र हवाइ जहाज यिनकै छ्न। सबै कुराका मालिक यिनै हुन। यिनका अगाडि त मोदि पनि नतमस्तक छ्न। यस्तो “व्यवस्थामा मेरो भातिज दुर्गा प्रसाईं अस्पतालको आम्दानी खर्च गरेर मिटरब्याज र सहकारी ठगीका पिडिको न्याय खोज्दैछ्न, ब्वांसाहरुको बथानमा।” लंडाइलाई बिचारमा बदल भतिज!
बिहार र उत्तर प्रदेशका जनताले त हरेक साल “नेपालबाट ५ खर्ब रेमिटेन्स लैजान्छ्न, र आज सम्म नेपाल भारतलाई रेमिटेन्स दिने देश हो।” यहि हो भारतको बिकास। उस्को लोकतन्त्र र “इकोनोमिस्ट पत्रीकाको इन्टेलिजेन्स युनिटको” सर्भेबाट उदारवादबार अधिनायकवादमा झर्दैछ (मेरो पुस्तकमा हेर्नुहोस)।अर्थात दोस्रो बिस्वयुद्ध हुँदै आज सम्म आइपुग्दा पश्चिमी थारो गाइ जस्तो उदारवादी लोकतन्त्र खाएर नगाउने घिचास सुँगुर जस्तो दलतन्त्रमा परीणत भएको छ।” अनि देशका कथित स्युडो शिक्षित भन्छ्न “………. जति एक ठांउमा आएर देश बनाउन लाग न, कथित बुद्धिजिविहरु।” मित्रहरु देश “केही थान मानिसले होइन समाजको संरचनाको ठोष यथार्थको बिश्लेषण र बिज्ञानमा आधारित बिचारले बनांउछ।

२. कस्तो छ हाम्रो दलतन्त्र? एकजना मानिस दलभित्र नेतालाई पैसा बुझाएर संसदको उमेदवार बन्छ। को सङ्ग पैसा हुन्छ? यो व्यवस्थामा धनी वा भ्रष्ट सङ्ग पैसा हुन्छ। उस्ले करोडौं खर्च गर्छ चुनावमा। उ गाउँमा आउँछ भोट माग्न। तर भोट माग्ने दलतन्त्रमा “मताधिकार हुन्न।” यो चुनाव त “खर्च गरेर धन कमाउन चुनाव जित्ने सांढे र चुनाव जिताउने घांसका बिचको संझौता मात्र हो।” “तिमी पिच गर म भोट दिन्छु।” यहि होइन संझौता? यो कथित लोकतन्त्रमा बिकास “induced development” (कुत्प्रेरीत बिकास) हो। यसमा सडक कमिसनका लागि बन्छ, र सांसदले कमिसनकालागी सहयोगी नीति पास गर्छ। अनि तालमान, राममान, खर्कमान, फोरमान, काका, बाबा, हजुरबा जो आएपनी सेवा त दलतन्त्रकै हुने हो। त्यसैले “देशले खोजेको त एक थान मानिस होइन, एउटा नंया बिचार हो, वा खोजेको त नागरिकलाई सर्बोच्च मान्ने नंया राजनीति प्रणाली हो। अर्थात अबको दिसान्तर “नागरिकतन्त्र” का लागि हो।
३. तोडफोड गरेर क्रान्ति गर्न सजिलो छ “जेन्जी साथी हो।” जनताको तांती बोकेर हिंड्ने साथीहरू हिजो रबि लामिछाने ले झैं पुराना रुंग्ण दललाइ गाली गरेर एकपटक चुनाव त जित्नुहोला। सबै भन्दा बढी भोट त निकोलास जि ले ल्यांउछ्न। तर त्यसपछि तंपाइले गर्ने त्यही हो जो अरुले बिगत ३७ बर्षमा गरे।
४. अत: बर्तमान समय दलतन्त्रको अन्त गर्दै “नागरिकको स्वतन्त्रता, सहभागीता र सरकारको उत्तरदायीत्व स्थापित गर्ने नागरिकतन्त्रको स्थापना गर्ने अवसर हो।”
५. नागरिक स्वतन्त्रता, सहभागीता र प्रतिनिधिको उत्तरदायीत्व “भुगोल, बर्ग, व्यवसाय, र पेसा” को प्रतिनिधित्व गर्ने संसद बाट मात्र हुन्छ। अत: अहिलेको झगडा र नितिगत भ्रस्टाचारलाई बैधानिक्ता दिने “चौतारीका रुपमा रहेको संसदको रुप बदल्नुपर्छ।”
६. महिला, दलित, जनजाति र जो सुकुकै प्रधानमन्त्रीका पदमा “सामर्थ्यका” आधारमा प्रधानमन्त्री बन्न सक्ने गरि “राजनीतिक दलभित्र” प्रधानमन्त्रीको उमेदवार हुन र जित्न सक्ने गरि दलमा प्रतिनिधित्व प्रणालीलाई संबिधानद्वारा निर्देशीत गर्नुपर्छ।
यी लगाएका कुराहरूको व्याख्या “मैले नागरिक समृद्धिको मुलमार्ग” पुस्तकमा गरेको छु। दुनियाँको निर्माण बिचारबाट भएको छ। कुनै व्यक्तिलाई नेता ठानेर “राजनीति गर्ने पनि एउटा प्रणाली हो, तर यो भेडागोठ सिद्धान्तमा उठेको हुन्छ। यस्ले भेडालाइ घाँस हाल्छ किनकि भेडा बेचेर दाम कमाउनु छ। यस्तो गोठका मालिक “गोठालाहरु हुन्छ्न” र “गोठालाहरु लाभका स्वार्थले मिलेका हुन्छ्न। अहिले नेपालमा हरेक दिन एउटा मान्छे यो गोठ र त्यो गोठ गरीरहेका छ्न।” कमिलाको गोठालो हुंदैन। कमिला स्वतन्त्र हुन्छ्न र सहभागीतामा बिस्वास गर्छ्न। उनिहरुले प्रतिनिधि छानेका हुन्छ्न अगुवाइका लागि। यो व्यवस्था “सामाजिक नागरिकतन्त्र” हो। यो राजनीतिको चौथो आयाम हो, जस्ले स्वतन्त्रता र सामुहिक्ताका दुई कदमा राजनीतिलाई खडा गर्छ।


