

प्रा. डा. युवराज संग्राैला
नेपाली समाजले आफ्नो अस्तित्व, गौरव र सम्मान जोगाउन सक्नुपर्छ : देश केवल माटो होइन, जीवनको पहिचान पनि हो।

नेपाली समाजको सांस्कृतिक आधारहरुको आधुनिकिकरण हुनुपर्ने थियो, तर भत्काइयो। आज समाजमा के छ, जस्ले हरेक दिन हामीलाई निरास र आक्रोशित पारेको छ?
१. पहिलो कुरा हाम्रो समाजमा “दोग्लापन” (हाइपोक्रेसी) मौलाएको छ। मानिसमा “तर्क, तथ्य र सत्यमा अधारित आफ्नोपन छैन।” स्वत्वबिहिन मानिसको जमात धेरै भयो। जस्तै, राजनीतिमा नेताको रङ परीवर्तन हेरौं न। हिजोका सिद्धान्तहिन शत्रु आज सिद्धान्तहिन मित्र बनेका छ्न।” यो “दोग्लापन” हो।

२. आत्म लघुताभाष: हामी नेपालीमा आफ्नो पहिचानप्रती लधुताभाष छ। छिमेकीको छोरा बिदेश गयो, त्यसैले इज्जतका लागि हाम्रो छोराले पनि जानुपर्छ। म “बिदेश गइन भने अरुले हेप्छ्न।” “म बिदेश गइन भने कम्जोर रहेछ भन्छ्न।” यिनै हुन धनिमानि हुनेखानेले बिदेश जाने मुल कारण। यो मुलत आत्म लघुताभाष हो।
३. नेपालीहरु सस्तो खोज्छ्न। हामीलाई गुण होइन, रुपको बढी मोह छ। त्यसैले हामी सामान होइन बजार खोज्ने रोगबाट ग्रस्त छौँ। अहिले राजनीतिको यो बिशेषता भएको छ। यी चरीत्रले हामीलाई सकेको हो। सोच्नु आवस्यक छ।
नेपाली समाजका सामाजिक विघटनका पक्षहरू गम्भिर छ्न। हामीले राजनीतिलाई मात्र अहिले सम्म छलफल र बिमर्शको बिषय बनायौं, र समाज भित्र मानिसमा मौलाएका बिषाक्त चिन्तन, मनोबिज्ञान, निरासा, आक्रोश, अपराधी प्रवृत्ति र ईर्ष्या र द्वेषका बारेमा सरोकार राखेनौं। आज सम्म आइपुग्दा, नेपाली समाज गोठालाहिन भेडीगोठ जस्तो बन्दैछ।
१. लागू पदार्थको दुर्व्यसन: मैले एक बर्ष अगाडि गाउँ गाउँमा फैलिएको लागुपदार्थको दुर्व्यसनको बारेमा लेखेको थिंए। एउटै घरमा तिनपुस्ता दुर्ब्यसनीमा पनि छ्न भन्ने जानकारी उल्लेख गरेको थिंए। तर हामी के कुरा बुझिरहेका छैंनौं र के कुरामा हाम्रो ध्यान गएको छैन भने “समाजको बिगठनलाई वेवास्ता गरेर राजनीति र बिकासका कुरा गर्नु पानीको जोहो नगरी भात पकाउने योजना जस्तै हो। राजनीति र बिकासका योजनाले समाजको परीवर्तन र पुनर्संरचनाको मार्गचित्र बनाउन सक्नुपर्छ। तर हाम्रो राजनीतिको यसतर्फ कुनै ध्यान छैन।
२. घृणा र परपिडनको मौलांउदो मनोरोग: नेपाली समाजमा अरुको अछित्तो काडने, बिनासगर्ने र सामाजिक अवसानकोलागि जेसुकै गर्ने मनोवृत्ति माहामारीकै रुपमा मौलाएको छ। मानिस आफ्नो बिकास र उन्नतिप्रति चिन्ता गर्दैन तर अरुको बिनास प्रती तत्पर छ। मानिसलाई प्रतिस्पर्धामा बिश्वास छैन, बिनासमा बिश्वास छ। नेपाली राजनीतिलाई यस्को चासो छैन। यस्को ब्यवस्थापन कसरी गर्ने हो कसैको सरोकार हुन सकेन।
३. जातीय द्वेश र घृणाको खेती: अरुजस्तै नेपालपनि आधुनिक संसारका प्रबिधिमा बांचेको छ। हातमा मोबाइल छ। घरमा लुगा धुने मेसिन छ। भान्सामा माइक्रोवेभ छ। सबैथोक छ। संसारभरका काला, सेता, पंहेला सबै मानिस देखेको छ। संसार पनि पुगेको छ। तर देशभित्र “अनुहार र जन्म”लाई आधार बनाएर जात र धर्मका नाममा साम्प्रदायिक्ताको खेती गर्ने संगठित नस्लवादीहरु मौलाइरहेका छ्न। नेपाली राजनीतिको यो अपराधप्रती सरोकार देखिएको छैन।
४. अन्धविश्वासको मनोग्रन्थ: आधुनिक प्रबिधि र अन्धविश्वासको गजवको गठजोड छ। अन्धविश्वास त जिउंदै छ, तर प्रविधिको प्रयोग पनि अन्धविश्वासकै सेवा गर्छ। नेपालीहरु एकातिर चरम भौतिक सुखभोगको कामनामा लिप्त छ्न, अर्कोतिर उनिहरु आस्थाका नाममा कठमुल्ला बनेका छ्न। हाम्रो शिक्षा उदेश्यहिन देखिन्छ। शिक्षा नवउपनिवेशवादको दास बनेको छ र “हरेकदिन स्युडो (अन्ध र लघु) दिमागको खेती गरीरहेको छ। यस खतरनाक रोगप्रती राजनीतिको सरोकार छैन।
५. श्रमप्रतिको आलस्री, मर्दो देशभक्ती र बिना मेहनत धनकमाइको धोको: हरेक मानिसलाई कमाउनु छ, तर एकै चोटि धेरै, लुटेर होस वा चोरेर। श्रम बिनाको कमाइ र अतृप्ति सुखका लागि देखावटी उपभोग। यहि प्रवृत्तिले नेपालीको कमाइको ९४% प्रतिशत खर्च हुन्छ। यो अर्को महारोग प्रती पनि नेपाली राजनीतिमा कुनै सरोकार छैन।
६. नेपाली दिमागको सैद्धान्तिक र बैचारिक बांझोपन: बर्तमान नेपाली समाज दर्सन, वाद, बिचार र बिमर्श प्रती उदासिन छ। राजनीति, बिकास, परीवर्तन कुनै कुरामा मानिसलाई सिद्धान्त र बिचार चांहिदैन भन्ने भ्रम जताततै छ। मानिस राजनीतिमा असफल भयो तर उ आफ्नो चिन्तन र बिश्लेषणमा होइन सिद्धान्तमा त्रुटि देख्छ। संसारको कुनै देश सिद्धान्त र बिचार बिना बिकास भएको छैन। आफुलाइ महान ज्ञानि र सभ्य ठान्नेहरु अमेरीका र सिगांपुरको उदाहरण दिन्छ्न। तर, अमेरीका पुंजीवादमा बिश्वास गर्छ र सिंगापुर प्रयोजनवादमा। नेपालमा बामपंथीहरु नवउदार्वादी छ्न र क्षेत्रीयतावादीहरु समाजवादी। नेपालले के मा बिश्वास गर्ने? कुनै सिद्धान्त छैन तर “तर अहिले राजनीति दलमा कुदेका मानिस साधुहरु मस्जिद र मुल्लाहरु मन्दिर कुदेको भान हुन्छ।
समाजका यी बिगठक अन्तर्यहरुको लेखाजोखा नगरी कुनै राजनीति शक्ति आफ्नो आकांक्षामा सफल कसरी हुन्छ र? नेपालमा अहिले हरेक ब्यक्ति छेपारो जस्तै छ। उ जे भन्छ त्यो गर्दैन, जे गर्छ त्यो भन्दैन। गोठाला बिनाको भेडा जता हरियो देख्यो त्यतै जान्छ। यसरी उ एक्लिन्छ र हरांउछ। समाजशास्त्र नबुझ्ने राजनीतिले अर्थशास्त्र बुझ्न सक्दैन र “समाजशास्त्र र अर्थशास्त्र नबुझ्ने राजनीतिले केवल सत्ताका भोका र स्वार्थि मानिस नेता” मात्र जन्माउंछ।


