

प्रा. डा. युवराज संग्राैला

हामीले समग्ररुपमा लत्याएका केही महत्त्वपूर्ण सोचहरु, जसले हामीलाई आज गरीबीको खाडलमा बांच्न त बाध्य पारेकै छ, तर अराजकता र पलायनका पात्रमा परीणत पनि गरेको छ।

१. हामिले कहिल्यै बुझ्न सकेनौं, हामी हाम्रो “भविष्य बनाउन सक्दैनौं, केवल आफ्नो आदत निर्माण गर्न सक्छौं, जुन आदतले हाम्रो भविस्य बनांउछ।” हामी हाम्रो बर्तमानलाई राम्रो बनाउन सक्छौं जस्ले हाम्रो भविष्य राम्रो बनांउछ।” यस्को तात्पर्य “हिजो हामीले बर्तमान बनएनौं, जस्ले गर्दा हाम्रो बिगतको बर्तमानले हाम्रो भविष्य खोस्यो।”

२. हामिले “स्थानीय तहमा मानिसको आय आर्जनलाई शिक्षा संगं जोडेनौं। राज्यलाइ कब्जा गरेका शासकहरुबाट घरेलु उद्धोग र उन्नत खेतीबाट स्थानीय आयआर्जन गर्ने नागरिक शशक्तीकरणका योजनालाई संधै लत्यायौं। २०४७ मा रोपिएको लोकतन्त्र नामको कुलिनतन्त्रले के बुझेको थियो भने नागरिकलाई “अशिक्षित मतदाता” बनाएर राख्नुनै आफ्नो अधिनको सुनिश्चितता हो।” त्यसैले त्यस व्यवस्थाले “ब्यक्तिलाई “जनता” ( कुलीनहरुका अधिमा रहेका निरीह मान्छे) मात्र बनाएर राख्यो, नागरिक बन्न कहिल्यै दिएन। उसलाई थाहा थियो, नागरिक बन्न मान्छेले “उत्पादनमा दक्ष हुनुपर्छ, उत्पादनमा दक्ष हुन शिक्षित हुनुपर्छ, त्यो मान्छे मात्र शिक्षित हो जोसंग आयआर्जन गर्ने सीप छ र नंया नंया बस्तु उत्पादन गर्ने बिज्ञान र प्रबिधिको सामर्थ्य छ।” त्यसैले आज सम्म नेपालका शासकले “शिक्षाका नाममा भ्रम सिकाइरहे। त्यसैले मानिस संग एक झोला प्रमाणपत्र छ्न, तर उन्नतिको सीप र कला कतै छैन, जीवनको उत्थान गर्ने सोच कतै छैन।

अत:मानिस आजपनी सिर्फ झोले बन्न र कसैको सत्ता प्राप्तिको सहायक बन्न बाध्य छ।
३. बिदेशी पुजिंवाद र साशकले आफ्नो ब्यापार बिस्तारको स्वार्थका लागि हाम्रा शासकलाई सहयोग गरे। बिदेशीले भने” ठुलठुला बांध, परीयोजना, र लगानीले रोजगार निर्माण गर्छ, देश चांडै बिकास हुन्छ। । तब मेलम्ची जस्ता योजना आए, ठुलठुला बिद्धुत परीयोजना आए। अनी बिदेशीका ॠण आए। यिनै परीयोजनाको ॠण २८ खर्व पुगेको छ। भ्रष्टाचार व्यापक भएको छ। भ्रष्टाचारले बनेका घर त थिए, ती पनि डढेर खरानी भए। के पायौं नेपाली नागरिकले बिगत ७० बर्षमा? केवल पलाएनको संस्कार!
बिदेशी यन्त्र, बिज्ञ र प्रबिधिले हाम्रा बजार नियन्त्रण गरे। शासकहरुले ” रैथाने शिक्षाको आधुनिकिकरण त गरेनन नै बरु त्यस्को उन्मुलन गरे, रैथाने प्रबिधिको उत्थान गरेनन उन्मुलन गरे। रैथाने बीउ, बाली, बस्तुको उन्नयन गरेनन बरु उन्मुलन गरे। स्थानिय ब्यापारी मासे। शिक्षा, बाटो, स्थानीय उत्पादन, बजार र श्रोतको संयोजन गरेर स्थानिय आयआर्जन गर्ने घरेलु उद्याेगको उन्नयन गर्दै स्थानीय बस्तु उत्पान र खपतको आर्थिक संस्कार निर्माण गरेनन बरु “दूध बेचेर कोक पिउने अनि चाउमिनले भात बिस्थापित गर्ने” उपभोक्तावादी संस्कार निर्माण गरे। कृषकहरु टाट पल्टिए। कृषकले मल कालोबजारीमा किन्नु पर्छ। उत्पादनमा १०० रुपैयाँ खर्च गरेर ९० रुपैयाँमा बेच्नुपर्छ। तब किसानहरु रोजगारीको लागि अरबतिर पलाएन हुन थाले। गरीब झन गरीब हुँदै गए। थोरै मानिस धनी भए। यी धनी र नेताले मीत लगाए र दुबै अर्बपती भए। हाम्रो कांधमा झुन्डिएको लोकतन्त्रको उद्देश्य यहि थियो, यहि भयो। यो कथित लोकतन्त्र नामको दलतन्त्र निरीह नेपालीलाई नागरिक नेपाली बनाउन आएको थिएन। अब त हामिलाइ थाहा हुनुपर्छ “साढेंको गोठ पालेर दुधको ब्यापार हुंदैन।”
४. हाम्रो आर्थिक उन्नतिका चार आधार छ्न। ती हुन, जमिन, जल, जङ्गल र जन्तु।
क. जमिनको माटोलाई प्राकृतिक पोषण गर्दै खेतीलाई बिज्ञान र प्रबिधिको सहयोगले उन्नत बनाउनुपर्छ र “राज्यले देशको उत्पादन प्रयोग गर्दै खाद्यान्न, तर्कारी, फलफूलको आयत निशेध गर्नुपर्छ। कृषि उत्पादनलाई औद्योगिक उत्पादनमा परीणत गरि राज्यले “ब्रान्ड” बनाइ निर्यातको सहजीकरण गर्नुपर्छ। यस्का लागि राज्यले आफ्नो कुटनीतिलाई जनताको समृद्धिका लागि केन्द्रीत गर्नुपर्छ। जमिनलाई राज्यले आफ्नो स्वामित्वमा राखी किसानलाइ भोगाधिकार दिनुपर्छ। जमिनलाई किसानको सम्पती मानी “जमिनको किनबेच राज्य र नागरिकका बिचको कारोबार बनाउनुपर्छ।” यो व्यवस्था लागू गरेपछि मात्र जमिनको व्यवस्थापन गर्न सकिन्छ। व्यक्ति व्यक्तिका बिचमा जमिनको कारोबार बन्दगरी मालपोत र नापी कार्यालय जस्ता निकायको उन्मुलन गरेपछि, भ्रष्टाचारको ठूलो अंश समाप्त हुन्छ। तर यी सबै कामगर्न नागरिक प्रती उत्तरदायी सरकार चाहिन्छ अत “वर्तमान नेताहरू(नव कुलीनहरु) ले लुटतन्त्र संरक्षण गर्न पालेको दलतन्त्रलाइ “नागरिकतन्त्र” द्वारा विस्थापित गर्न संबिधानमा आमूल परीवर्तन गर्नुपर्छ।
ख. जलमा स्थानीय नागरिक सरकारको प्राथमिक भोगाधिकार हुनुपर्छ। लघु बिद्धुत र सिचाइद्वारा स्थानीय सरकारको आय निर्माण गर्दै, बिद्धुतको उत्पादन सर्बप्रथम नागरिकहरुलाई उत्पादनको लागि आवस्यक उर्जाका लागि प्रयोग गर्नुपर्छ। ठुला परीयोजनाद्वारा बिद्धुत उत्पादन गरि बिदेशीलाई बेच्ने गफ केवल जलमाथी राज्यको अधीन समाप्त गरि विदेशी र माफियाको अधीन निर्माण गर्ने खेल मात्र हो। पानीको संरक्षण गरि “खाने पानीको” उद्याेगको बिकासमा स्थानीय नागरिक सरकारको सामर्थ्य निर्माण गर्नुपर्छ। पानीको प्रयोग कृषिमा अधिक गर्दै “लघुबिद्धु, कृषि, घरेलु उद्धोग, र स्थानीय बजार” को एकीकृत विकास नितिद्वारा “राष्ट्रिय स्वनिर्भरता” को निर्माणका लागि नागरिकतन्त्र आवस्यक छ। तसर्थ अव दलतन्त्रको अन्त र नागरिकतन्त्रको उदय आवस्यक छ।
ग. जंगल पानी र समग्र प्रकृतिको श्रोत हो, जसबाट वातावरण वा पर्यावरणको सन्तुलित चक्र (इको सिस्टम) कायम हुन्छ। यहि इको सिस्टमलाई नेपालले “धनको श्रोत” बनाउनु पर्छ। जंगलको प्रयोग र संरक्षणको लागि “नेपाली सेनाको मातहत रहने गरि “पर्यावरण बृगेड” बनाउनु पर्छ, जस्ले जंगलको सुरक्षा गर्छ, वनपैदावारमा आधारित औद्योगिकरणको नेतृत्व गर्छ र जंगलमा फलफुलको खेती गर्छ। यहि नीतिले मानिस र बन्यजन्तु बिचको द्वन्द्वलाई पनि समाप्त गर्छ। जडिबुटीको औद्योगिक उत्पादन र प्रशाेधनले हामीलाई संसारकै धनी देश बनाउने छ। यसका लागि पनि नागरिकतन्त्रमा आधारित नागरिक सरकार चाहिन्छ।
४. जमिनको पोषणका लागि हामीलाई जन्तुको आवस्यक छ।
तर यो सोचलाइ कार्यान्वयन गर्न “हामी नेपालीमा अनुशासन र देशभक्ति चाहिन्छ।” कुनै वाद त “यात्राको दिशा निर्देश गर्ने सिद्धान्त मात्र हो।” देश र नागरिकको समृद्धिका लागि वाद चाहिने हो वादका लागि देश होइन। अत: अब हाम्रो युग “क्रान्तिको युग होइन, क्रान्ति भित्र क्रान्तिको युग हो। र, क्रान्ति भनेको हिंसा होइन, क्रान्ति त उन्नयन हो।”

