भेनेजुएलाद्वारा चीनको समर्थनप्रति कृतज्ञता व्यक्त

भेनेजुएलाद्वारा चीनको समर्थनप्रति कृतज्ञता व्यक्त

ram naam satya

काराकास(भेनेजुयला) : भेनेजुएलाका विदेशमन्त्री यवन गिलले आफ्नो भूभाग र प्राकृतिक स्रोतमा भेनेजुएलाका जनताको पूर्ण सार्वभौमसत्ताका लागि चीनको समर्थन प्रति आफ्नो देशको तर्फबाट कृतज्ञता व्यक्त गर्नु भएको छ ।

सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै गिलले अमेरिकी गतिविधिले अन्तर्राष्ट्रिय कानून र भेनेजुएलाको सार्वभौमिकताको गम्भीर उल्लङ्घनको साथ साथै संयुक्त राज्य अमेरिकाको अराजक कार्यको चीनले कडा निन्दा गरेको बताउनु भएको छ ।

बेइजिङमा पत्रकारसँगको नियमित साक्षातकारमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले सार्वभौम राज्य भेनेजुएलाले आफ्नो प्राकृतिक स्रोत र आफ्नो क्षेत्रभित्रका सबै आर्थिक गतिविधिमा पूर्ण र स्थायी सार्वभौमिकता प्राप्त गरेको बताउनु भएको छ ।

माओले अमेरिकाको अराजग कार्यले गम्भीर रूपमा अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन गरी भेनेजुएलाको सार्वभौमिकतामा हस्तक्षेप गर्नुका साथै भेनेजुएलाका जनताको अधिकारलाई कमजोर पारेको भन्दै चीनले संयुक्त राज्य अमेरिकाको कार्यको कडा निन्दा गरहेको उहाँले जनाउनु भएको छ । रासस/सिन्ह्वा

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *