एमाले महाधिवेशनः बुद्धिजीवी परिषद् र प्रेस चौतारीबाट प्रतिनिधि चयन

एमाले महाधिवेशनः बुद्धिजीवी परिषद् र प्रेस चौतारीबाट प्रतिनिधि चयन

ram naam satya

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनका लागि प्रेस चौतारी नेपालले सर्वसम्मत रूपमा प्रतिनिधि चयन गरेको छ।

 

आज बसेको प्रेस चौतारी पदाधिकारी बैठकले पूर्वअध्यक्षद्वय राजेन्द्र अर्याल र गणेश बस्नेत तथा हालका अध्यक्ष गणेश पाण्डेलाई खुलातर्फ र महिलातर्फ सचिवालय सदस्य प्रतिमा शिलवाल र मिना विश्वकर्मालाई प्रतिनिधि चयन गरेको हो। प्रेस चौतारी एमालेको जनसङ्गठनका रूपमा रहेको छ।

 

यस्तै, नेपाल बुद्धिजीवी परिषद्बाट खुलातर्फ गोविन्दबहादुर शाही, सरोजकुमार रेग्मी, पदमबहादुर विक तथा महिलातर्फ सृजना घिमिरे र डा टीका ढकाल पनि सर्वसम्मत चयन हुनुभएको छ।

 

आज एमालेले महाधिवेशनका लागि देशभरि नै प्रतिनिधि चयन गरिरहेको छ। एमाले महाधिवेशन यही मङ्सिर २७–२९ मा हुँदैछ। GP

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *