एमाले महाधिवेशन : मत माग्न व्यस्त नेता तथा कार्यकर्ता

एमाले महाधिवेशन : मत माग्न व्यस्त नेता तथा कार्यकर्ता

ram naam satya

काठमाडौं : नेकपा (एमाले) को महाधिवेशन स्थल भृकुटीमण्डपमा चुनावी चहल पहल बढिरहेको छ। आगामी नेतृत्वका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने भएपछि नेताहरू अहिले मत माग्न केन्द्रित भएका छन्।

ओली समूहमा महासचिवमा शङ्कर पोखरेल र ईश्वर समूहबाट महासचिवमा सुरेन्द्र पाण्डे उम्मेदवार हुनुहुन्छ । ओली र पोखरेल मैदानमा उत्रिएकाले भृकुटीमण्डपस्थित मतदानस्थलमा नेता कार्यकर्ता मत माग्न जुटेका हुन्। निर्वाचनमा पदाधिकारीमा मात्रै ४२ जनाको उम्मेदवारी छ । एमालेको निर्वाचनबाट पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित हुने विधानमा व्यवस्था छ । GP

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *