

काठमाडाैं : तारकेश्वर नगरपालिका–११ का राजकुमार बस्नेतको नाममा दर्ता श्रेस्ता कायम रहेको वडा नं. २ (कित्ता नं. ३२०, क्षेत्रफल ०-८-१-०) मा निर्मित घर तथा टहरा ३५ दिनभित्र खाली गर्न तारकेश्वर नगरपालिकाले सूचना जारी गरेको छ। यो निर्णय २०८२ जेठ १६ गतेको न्यायिक समितिको फैसला र २०८२ असोज २६ गतेको ७१औं नगरकार्यपालिकाको बैठक निर्णय नं. ७ अनुसार गरिएको हो।
तोकिएको समयभित्र घर खाली नगरे कानुन बमोजिम कारबाही हुने र त्यसबाट हुने क्षति तथा खर्चका लागि बसोबासकर्ता स्वयं जिम्मेवार रहने नगरपालिकाले जनाएको छ।



