

काठमाडाैं : राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ भक्तपुरले आर्थिक वर्ष २०८२/८३ का लागि भक्तपुर, ललितपुर र काठमाडौँ जिल्लाका विभिन्न वाली जोनहरूमा सञ्चालन हुने कार्यक्रमहरूमा सहभागी हुन प्रस्ताव आव्हान गरेको छ। सूचिकृत कृषक समूह, कृषि सहकारी, जल उपभोक्ता समिति तथा निजी कृषि फर्म र कम्पनीहरूले ३५ दिनभित्र अर्थात् भाद्र ११ गतेभित्र आवेदन पेश गर्न सक्नेछन्।
आवेदन निर्धारित ढाँचामा आवश्यक कागजातसहित बुझाउनुपर्नेछ। हालसम्म सूचीकरण नभएका संस्थाले तोकिएको समयभित्र सूचीकरण गरी आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। सूचना २०८२ साउन ८ गते पहिलोपटक प्रकाशित गरिएको हो।




