

काठमाडाैं : तारकेश्वर नगरपालिकाले आगामी २०७९ असार १० गते मंगलबारका दिन १७औं नगरसभा बैठक सञ्चालन हुने भएकाले सो दिन नगरकार्यपालिकाको कार्यालय, मातहतका सबै वडा कार्यालयहरू र स्वास्थ्य संस्थाहरूबाट प्रदान हुने अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवा स्थगित हुने जनाएको छ। नगरपालिकाले यो जानकारीसर्वसाधारण सेवाग्राहीहरूलाई सचेत गराउने उद्देश्यले सार्वजनिक गरेको हो। नगरपालिकाले सेवामा अवरोधका कारण पर्ने असुविधाप्रति क्षमायाचना समेत गरेको छ।


