मन्त्रिपरिषद् विस्तार : चार मन्त्रीले राष्ट्रपतिसमक्ष लिनुभयो शपथ

मन्त्रिपरिषद् विस्तार : चार मन्त्रीले राष्ट्रपतिसमक्ष लिनुभयो शपथ

ram naam satya

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले चौथो पटक मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ। शुक्रबार नियुक्त हुनुभएका चार मन्त्रीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति कार्यालयमा आयोजित शपथ समारोहमा राष्ट्रपति पौडेलसमक्ष नयाँ चार जना मन्त्रीले शपथ लिनुभएको हो ।

शुक्रबार राष्ट्रपति पौडेलसमक्ष भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री कुमार इङ्नाम, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारी, वन तथा वातावरण मन्त्री माधवप्रसाद चौलागाई र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिनुभएको हो । शुक्रबारको मन्त्रिपरिषद् विस्तारसँगै सुशीला कार्की नेतृत्वको सरकार १४ सदस्यीय बनेको छ ।

 

शपथ कार्यक्रममा उपराष्ट्रपति रामसहायक प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, प्रधान न्यायाधीश प्रकाशमानसिंह राउतसहित सरकारका उच्च पदस्थ कर्मचारी, कूटनीतिक नियोगका प्रमुख, सुरक्षाकर्मीसँगै संवैधानिक अंगका प्रमुख र उच्चपदस्थ कर्मचारीको सहभागिता थियो । GP

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *