म नक्कली डाक्टर हाेईन

म नक्कली डाक्टर हाेईन

ram naam satya

काठमाडौं : डा. सुन्दर सिंह बोहोरा, राप्रपाबाट काठमाडौं क्षेत्र नं. ३का प्रतिनिधि सभा सांसद उम्मेदवार ले पत्रकारसँगकाे अन्तर्क्रियामा विगत चार वर्षदेखि पूर्वाधार विकास, ढल व्यवस्थापन र निःशुल्क शिक्षामा योगदान दिएको उल्लेख गर्नुभयो। पत्रकारले बनाएका लेख र भिडियोले देशको भविष्य निर्माणमा भूमिका खेल्ने भन्दै उहाँले आफ्नो जितप्रति ढुक्क रहेको बताउनुभयो। “राजाको जस्तो शासन भयो भने म स्वयं मुर्दाबाद भन्छु,” भन्दै उहाँले लोकतान्त्रिक मूल्यप्रति प्रतिबद्धता जनाउनुभयो। साथै, नामका आधारमा मात्र हजारौं मानिसलाई आफूलाई चिनेको दाबी गर्दै चुनाव जित्न जनसम्पर्क, अध्ययन, कानुन र नीति–नियम निर्माण गर्ने क्षमता अनिवार्य हुने धारणा राख्नुभयो।

उहाँले आम नागरिकले भदाै २३–२४ पछि परिवर्तन चाहेको भन्दै आफू पनि त्यही परिवर्तनको प्रतिनिधि भएको जिकिर गर्नुभयो। सिंहदरबार जल्दा किन चुप बसेको भन्ने प्रश्न उठाउँदै उहाँले कतिपय नेताहरू डरले बाहिर ननिस्किएको आरोप समेत लगाउनुभयो। साथै, रवि लामिछाने र हर्क साम्पाङ दुबैले नजित्ने दाबी गर्दै केपी शर्मा ओलीले २४ गतेको आन्दोलनमा गोली चलाउन आदेश दिएको कारण सो पार्टीमा आफू नगएको स्पष्ट पार्नुभयो।

डा. बोहोराले आफ्नो क्षेत्रमा रहेका विद्यार्थीलाई ५० प्रतिशत सेवा–सुविधा दिने प्रतिबद्धता जनाउँदै शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्ने योजना सार्वजनिक गर्नुभयो। आफु पिएच.डी. हाेल्डर भएको प्रमाणित गर्न सर्टिफिकेट बोकेर हिँडेको उल्लेख गर्दै योग्यताको विषयमा उठ्ने प्रश्नलाई प्रमाणसहित जवाफ दिने तयारी रहेको बताउनुभयो।

अन्तर्क्रियाको क्रममा उहाँले रवि बालेन र हर्क साम्पाङमध्ये हर्क साम्पाङ उत्कृष्ट भएको मूल्यांकन पनि गर्नुभयो। आगामी दिनमा नीति निर्माण, सुशासन र स्थानीय विकासलाई केन्द्रमा राखेर अघि बढ्ने बताउँदै डा. बोहोराले मतदातालाई सचेत भएर योग्य उम्मेदवार रोज्न आग्रह गर्नुभयो। NPC

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *