राष्ट्रिय नीति, सुरक्षा र छिमेकी सम्बन्धबारे जोड

राष्ट्रिय नीति, सुरक्षा र छिमेकी सम्बन्धबारे जोड

ram naam satya

काठमाडौं : विभिन्न राजनीतिक तथा सार्वजनिक व्यक्तित्वहरूले नेपालको विकास परियोजना, सुरक्षा नीति र अन्तर्राष्ट्रिय सम्बन्धबारे फरक–फरक धारणा प्रस्तुत गरेका छन्।

पहिलाे पार्टी नेपालका संयाेजक गोबिन्द बोहराले विकासका लागि आवश्यकता अनुसार विभिन्न राष्ट्रसँग सहकार्य गर्नुपर्नेमा जोड दिँदै अमेरिका, चीन र भारतसँग सन्तुलित र राम्रो सम्बन्ध कायम गर्नुपर्ने बताए। उनले झण्डै दुई तिहाइ बहुमत प्राप्त सरकारले सेना संख्यामा पुनर्विचार गर्नुपर्ने धारणा राख्दै एसपीपी जस्ता विषयमा व्यापक राष्ट्रिय बहस आवश्यक रहेको उल्लेख गरे। साथै, एमसीसी नेपालकै पहलमा आएको परियोजना भएकाले यसबारे स्पष्ट समझदारी जरुरी रहेको उनको भनाइ थियो।

यसैबीच नेपाल प्रहरीका पूर्व एसएसपी रबिन्द्र रेग्मीले नेपालले आफ्नो सार्वभौमसत्ता जोगाउन सभ्यता र सन्तुलित कूटनीतिक व्यवहार आवश्यक हुने बताए। उनले भारत, चीन र अष्ट्रेलियासँगको सम्बन्धलाई महत्वपूर्ण मान्दै छिमेकी राष्ट्रहरूको चाहनालाई बेवास्ता गर्नु गलत हुने धारणा राखे। एमसीसी लगायतका विषयमा विभिन्न शक्तिराष्ट्रहरूको प्रभावबारे चर्चा गर्दै उनले सम्भावित सुरक्षा चुनौतीतर्फ सचेत रहन आग्रह गरे। उनले प्रहरीद्वारा सम्पन्न शान्तिपूर्ण निर्वाचनको प्रशंसा गर्दै राष्ट्र जोगाउने प्रक्रियामा सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहने बताए।

त्यस्तै नेपाली सेनाका पूर्व उपरथी होमनाथ दवाडीले नेपालले भारत र चीनसँग ‘बार्गेनिङ’ होइन, सहकार्यको आधारमा सम्बन्ध अघि बढाउनुपर्ने धारणा राखे। उनले नेपाली सेनाको संरचना र प्रयोगबारे कानुनी स्पष्टता आवश्यक रहेको उल्लेख गर्दै आवश्यक परे सेना संख्या घटाउन वा बढाउन सकिने बताए। उनले नेपाल–भारत सम्बन्ध कहिल्यै नबिग्रिने विश्वास व्यक्त गर्दै कुनै पनि नीतिगत निर्णय अघि बढाउँदा व्यापक परामर्श आवश्यक हुनु पर्नेमा जोड दिए। साथै, देशको स्थायित्व र सुरक्षा सुनिश्चित गर्न पत्रकार, सरकार र सबै निकायबीच समन्वय अपरिहार्य रहेको उनले बताए। NPC

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *