चलचित्र ‘सोल्टिनी’को नयाँ गीत ‘बाचुन्जेल पो’ सार्वजनिक, कलाकार देशव्यापी देउसी–भैलो कार्यक्रममा सहभागी हुने

चलचित्र ‘सोल्टिनी’को नयाँ गीत ‘बाचुन्जेल पो’ सार्वजनिक, कलाकार देशव्यापी देउसी–भैलो कार्यक्रममा सहभागी हुने

ram naam satya

काठमाडौं — आगामी कार्तिक ६ गते भाइटिकाको दिन प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली चलचित्र ‘सोल्टिनी’ ले नयाँ गीत ‘बाचुन्जेल पो’ सार्वजनिक गरेको छ। गीतमा शब्द र सङ्गीत प्रशान्त सिवाकोटीको रहेको छ भने स्वर प्रशान्त सिवाकोटी र झुमा लिम्बुले दिएका छन्। मधुर लय र गहिरो भावनाले भरिएको यो गीतले चलचित्रको भावनात्मक र सांस्कृतिक कथावस्तुलाई झल्काउने प्रयास गरेको छ।

अर्जुन सुवेदी निर्देशित ‘सोल्टिनी’ एक अन्तरजातीय प्रेमकथामा आधारित चलचित्र हो। यसले सामाजिक विभेद, समुदायबीचको असमानता र प्रेममा देखिने सङ्घर्षलाई मार्मिक रूपमा प्रस्तुत गरेको छ। चलचित्रमा प्रकाश सपुत र परीक्षा लिम्बु मुख्य भूमिकामा छन् भने विल्सन विक्रम राई, रवीन्द्र झा, सुन्दर धिताल, सुजन खतिवडा, सबु गुरुङ, प्रकाश घिमिरे, प्रेम सुब्बा र कविता आले लगायतका कलाकारहरूको पनि सशक्त अभिनय देख्न सकिन्छ।

यसअघि सार्वजनिक ट्रेलरले दर्शकको उल्लेखनीय ध्यान आकर्षित गरेको थियो। ट्रेलरमा सामाजिक सन्देशसहितको प्रेमकथा प्रस्तुत गरिएको छ, जसले ‘सोल्टिनी’लाई केवल मनोरञ्जनको चलचित्र मात्र नभई सामाजिक चेतना फैलाउने फिल्मको रूपमा स्थापित गर्ने संकेत दिएको छ।

फिल्मको प्रचार अभियान पनि सांस्कृतिक रंगमा सुरु गरिएको छ। ‘सोल्टिनी’को कलाकार टोली देशका विभिन्न सहरहरूमा देउसी–भैलो कार्यक्रममा सहभागी हुँदैछ। प्रोजेक्ट सदस्य सुजन खतिवडाका अनुसार, पहिलो दिन कार्तिक २ गते झापाको दमक, दोस्रो दिन कार्तिक ३ गते सुनसरीको धरान, तेस्रो दिन कार्तिक ४ गते पोखरा र अन्तिम दिन कार्तिक ५ गते काठमाडौंमा देउसी–भैलो कार्यक्रम आयोजना गरिनेछ।

खतिवडाका अनुसार, यी सांस्कृतिक कार्यक्रमहरूले दर्शकहरूसँग प्रत्यक्ष भेटघाट गर्ने अवसर दिलाउने र फिल्मप्रति सकारात्मक ऊर्जा साट्ने माध्यम बन्नेछन्। साथै, नेपाली परम्परा र चलचित्र उद्योगबीचको सम्बन्धलाई मजबुत बनाउने उद्देश्यले यो अभियान सञ्चालन गरिएको जनाइएको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *