चुनावका लागि सुरक्षाको प्रत्याभूति हुनुपर्छ : महासचिव पोखरेल

चुनावका लागि सुरक्षाको प्रत्याभूति हुनुपर्छ : महासचिव पोखरेल

ram naam satya

दाङ : नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले निर्वाचनका लागि शान्ति र सुरक्षाको प्रत्याभूति अनिवार्य रहेकाले यस्तै अवस्थामा निर्वाचनमा जान कोही तयार नहुने बताउनुभएको छ ।बिहीवार दाङको घोराहीमा प्रेस चौतारी नेपाल दाङ शाखाले आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले यस्तो बताउनुभएको हो ।

 

हाल संसद् पुनःस्थापनासम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा भएकाले सर्वोच्चको फैसला नआएसम्म चुनावमा जाने वातावरण नबन्ने उहाँको भनाइ छ । उहाँले थप्नुभयो, “हामी सर्वोच्चको फैसला मान्न तयार छौँ। तर चुनावअघि शान्ति–सुरक्षाको प्रत्याभूति हुनुपर्छ।”

 

उहाँले सुरक्षा निकायका हतियार फिर्ता गराउने, कारागारबाट फरार कैदी पक्राउ गर्ने र राजनीतिक दलहरूलाई जनताको घरदैलोटमा जान सक्ने सुरक्षित वातावरण बनाउन सरकार जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।

 

यस्तै, उहाँले जेनजी आन्दोलनको क्रममा भएका घटनाले राष्ट्रलाई गम्भीर आघात पुगेको बताउनुभयो। भदौ २३ र २४ गतेको आन्दोलनले देशको संरचना, प्रतिष्ठा र सार्वजनिक सम्पत्तिमा गम्भीर क्षति पुगेको छ, उहाँले भन्नुभयो, “जेनजीको नाममा भएको आन्दोलनको आवरणमा राष्ट्रविरुद्ध गतिविधि देखियो। आन्दोलनका क्रममा सिंहदरबार लगायतका राष्ट्रिय धरोहरमा तोडफोड गरेर देशको पहिचान समाप्त पार्ने प्रयास भएको छ ।”

 

जेनजीले उठाएका भ्रष्टाचार नियन्त्रण र सामाजिक सञ्जाल खुला गर्नुपर्ने माग जायज भए पनि उक्त मागको लागि गरिएको आन्दोलन घुसपैठका कारण देशलाई ठुलो क्षति पुगेको उहाँले बताउनुभयो । न्याय दिलाउने निकाय न्यायालय र सुरक्षा निकायमाथि नै आक्रमण हुनुले लोकतन्त्रमाथि प्रहार भएको छ, पोखरेलले भन्नुभयो, २३ र २४ गतेका घटनालाई छुट्टाछुट्टै दृष्टिकोणबाट हेर्नुपर्ने बताउँदै निष्पक्ष छानबिन गरिनुपर्छ भन्नुभयो ।

 

महासचिव पोखरेलले जेनजी आन्दोलनका घटनाबारे न्यायिक जाँचबुझ गर्न बनेको आयोगका अध्यक्ष गौरीबहादुर कार्की विवादमा तानिएकाले उहाँबाट निष्पक्ष अनुसन्धान सम्भव नहुने दाबी गर्नुभयो। छानबिनका लागि राजनीतिक रूपमा तटस्थ व्यक्ति संयोजक हुनेगरी नयाँ व्यक्तिको नेतृत्वमा आयोग गठन गरिनुपर्ने बताउनुभयो ।  GP

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *