देश विकासका लागि श्रम संस्कृति पार्टीलाई मत दिनुहोस्

देश विकासका लागि श्रम संस्कृति पार्टीलाई मत दिनुहोस्

ram naam satya

काठमाडाैं : ऋतुबर्तन राईले देशको समग्र विकासका लागि श्रम शक्ति पार्टीलाई समर्थन गर्न आग्रह गरेका छन्। उनको पार्टीले हाल १०८ वटा उम्मेदवारी दिएको जानकारी दिँदै जनशक्ति र श्रमको सम्मानमार्फत देश निर्माण गर्ने लक्ष्य रहेको बताए।
उनले सीमा सुरक्षालाई प्राथमिकता दिँदै आवश्यक परे सेनालाई सीमाक्षेत्रमा परिचालन गर्नुपर्ने धारणा राखे। विदेशी हस्तक्षेप बढेको उल्लेख गर्दै राष्ट्रिय स्वाभिमान जोगाउन राज्य संयन्त्र बलियो हुनुपर्ने उनको भनाइ थियो।

राईले प्रकृति र प्रविधि विना देश समृद्ध नहुने उल्लेख गर्दै नेपालमा जनशक्ति पर्याप्त भए पनि प्रविधिको अभाव रहेको बताए। उनले नेपालमै मोबाइल फोन उत्पादन गर्न सकिने सम्भावना औंल्याए। वर्तमान शिक्षा प्रणालीप्रति असन्तुष्टि जनाउँदै उनले “जीवनी पढेर मिति याद गर्ने मात्र शिक्षा होइन, व्यवहारिक र प्राविधिक शिक्षा आवश्यक छ” भने।

धरानका मेयर हर्क साम्पाङलाई दोष लगाउनु गलत रहेको उनको भनाइ थियो। साथै उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले तीन वर्षमा के उपलब्धि हासिल गरे भन्ने प्रश्न उठाए। सञ्चारकर्मी तथा राजनीतिज्ञ रवि लामिछानेप्रति पनि टिप्पणी गर्दै सरकारी ठगीसम्बन्धी विषयमा स्पष्टता आवश्यक रहेको बताए।

क्षेत्र नं. ३ मा सहकारी ठगी भएको गुनासो आएको उल्लेख गर्दै राईले जनतालाई रुवाएर होइन, समेटेर विकास गर्नुपर्ने धारणा व्यक्त गरे। “विकासको बाटो युवा हुन्, तर राम्रो शिक्षा विना त्यो सम्भव छैन,” उनले भने।

नेपाल जलस्रोतको धनी देश भए पनि उपत्यकामा खानेपानीको समस्या रहनु विडम्बना भएको उनको भनाइ थियो। पानी अभाव भएका स्थानमा दीर्घकालीन समाधान गर्नुपर्ने उनले बताए। कृषकले उत्पादन गरेको अन्नको मूल्य निर्धारण स्वयं कृषकले गर्न पाउनुपर्ने तथा स्थानीय उत्पादन विदेशसम्म पुर्‍याउनुपर्ने उनले जोड दिए।

देश विदेशीको प्रभावमा पर्न सक्ने खतरा औंल्याउँदै उनले राष्ट्रियता र आत्मनिर्भरतामा आधारित राजनीति आवश्यक रहेको बताए। “श्रम संस्कृतिले नसक्ने गफ लगाउँदैन, हर्कवाद भित्र के छ पहिला बुझ्नुस्,” भन्दै उनले मतदातालाई गहिरिएर मूल्याङ्कन गर्न आग्रह गरे NPC

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *