

ऋषि कट्टेल
आज दाहाल माकुने एकता वारे

एक दुई दिनभयो समाजिक सञ्जालमा दाहाल माकुने एकतावारे निकै चर्चा छ । पछिल्लो समयत एकताको टुंगो लागि सक्यो भनेको पनि सुनिन्छ र केपनि हल्ला गरिदैछ भने यो एकताले कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण योगदान दिनेछ । यसले कम्युनिष्ट आनदोलनमा नयाँभ्रम पार्ने दुष्प्रयास भएकोले मात्र यो टिप्पणी गर्नु जरुरी परेको हो ।

पहिला यिनका वारे बुझन जरुरी छ । यी दुवै संसदवादमा पतन भएका विसर्जनवादी हुन । यिनीहरु कम्युनिष्ट हैनन भन्ने बुझ्न जरुरी छ । यिनको एकताको आधार आउदा दिनमा संसदमा आफ्नो उपस्थिति कसरी गराउने भन्ने कुरावाट मात्र निर्देशित छ । माकुने पार्टीको एक सिट जित्ने पनि हैसियत छैन । दाहालपार्टीको पनि निकै कमजोर उपस्थितिको संभावना छ । अव काँग्रेस वा एमालेको गोंद पनि मिल्नेवाला छैन । उनीहरुपनि आफै त महादेव उत्तानो पर कसलाई दिने वरको अवस्थामा पुगेका छन ।

दोस्रो कुरा यि दुवै भ्रष्टाचारका आरोपित हुन । माकुने त अदालत पुगिसकेको छ, दहालको जाँच सुरु भैसकेको छ । यस्तो अवस्थामा एक्लै बसेर जोगिन नसकिने भयले यो एकतालाई भ्रष्टाचारवाट जोगिन वलपुर्याउने औजारको रुपमा प्रयोग गरिदैछ ।
तेस्रो कुरा यि दुवै दिल्ली केन्द्रवाट संचालित पात्र हुन । यिनको मिलन संविधान सभामा मनोनित गर्ने देखि नेकपा, एमाले विभाजन सम्म छ । दिल्लीका पुराना पात्रहरु ओली देउवाहरुले वाटो वदले पछी दिल्ली अहिले नेपालमा पहिलो पटक कमजोर वनेको छ । यो एकता अभियान मार्फत दिल्ली आफ्नो शक्ति अलिकति भएपनि बचाउन चाहन्छ ।
यसकारण यो एकता दुई पार्टी बिचको एकता हैन । दाहाल माकुने को स्वार्थ र मालिकको निर्देशन तामेली हो । माके पक्षको मलाई थाहा भएन माकुने पक्षका झलनाथ, वामदेव, घनश्यामहरु भने यो एकतामा नअट्न सक्दछन । किनकी हिजो सम्म यिनीहरु दिल्ली का प्रिय पात्र थिएनन ।
आज एउटा गम्भिर प्रश्न
जेन्जी को नाममा भएको सरकारपरिवर्तनले केवल सरकार मात्र परिवर्तन गरेकोछैन । २०६३ को आन्दोलनले वनाएको सत्ता समिकरण नै भत्काएको छ । ६३को आन्दोलनको संवाहक सात दल र माओवादी हुन । उनीहरुले १२वुंदे र बृहत शान्ति संझौता मार्फत माओवादी युद्ध र राजाको निरकुंसतन्त्रको अन्त्य गरेका हुन । यो आन्दोलनको मुख्य ४वटा कार्यभर थिए । १) संविधान सभावाट नयाँ संविधान निर्माण २) गणतन्त्रको स्थापना ३) माओवादी सेनाको व्यस्थापन र ४) वेपत्ता खोजविन र मेलमिलाप आयोग मार्फत शान्ति प्रक्रियाको पूर्णता ।
यि मध्ये तीनवटा कार्यभार पुरा भए । चौथो कार्यभार सिंगै वाँकि छ । अर्थात शान्ति संझौताको कार्य भार पुरा भएको छैन । अहिले पनि गोरखाका अधिकारीको लास जलेको छैन । हस्पिटलमा थन्केको छ । अग्नी सापकोटा मात्र हैन स्वयं दहालाईनै ज्यानमारेको मुद्दा अदालतमा छ । वेपत्तापरिवार निरंतर संघर्षमा छ । यस्तोवेला शान्ति संझौताका स्टेक होल्डरहरु सत्तावाट वाहिरिएका छन ।
नयाँ बनेको सरकारले शान्तिप्रक्रियाको स्वमित्व लिन्छ कि लिदैन ? यो सरकारको गृहमन्त्रि ५००० हजार मारेको कुरा स्विकारेकोले दहाललाई जेलहाल्नु पर्छ भन्दै हिडेका व्यक्ति हुन । सारतः यो सरकार वाह्रबुदे सहमति विरुद्ध बक्दै हिडेकाहरुको समर्थनमा वनेको सरकार हो । यतिमात्र हैन काँग्रेस एमालेको सरकार विरुद्ध दहालको गतिविधिले काँग्रेस, एमाले र माके बिचको अन्तरविरोध शत्रुतापूर्ण बनेको छ । आफु सत्तावाट वाहिरिए पछी उनीहरु पनि यसको जिम्वेदारी लिन्छन की लिदैनन ? यसरी अहिले केवल सरकार परिवर्तन मात्र भएको छैन सातदल र माओवादी बिच भएको शान्ति संझौता समेत भत्किएकोछ । के अव माओवादीले फौजदारी अभियोग को सामना त गर्न पर्दैन ? एउटा गम्भिर प्रश्न खडा भउको छ ।
निर्वाचन की पुनर्स्थापना
अचेल नेपालको राजनीतिमा निकै चर्चामा रहेको विषय हो । सुशीला सरकार संवैधानिक की असंवैधानिक प्रश्न पनि त्यत्तिकै चर्चामा छ । यो प्रश्न २३, २४ मा भएको घटनाले सिर्जना गरेको हो ।
२३,२४ घटना बुझ्न त्यसको कारण र परिणाम बुभ्mनु पर्दछ । पात्र हेरेर निर्धारण गर्न हुदैन । त्यसको कारण आन्तरिक रुपमा असफल भइरहेको संसदीय ब्यवस्था र प्रतिक्रियावादी राज्यसत्ता भित्र विकास भइरहेको शत्रुतापूर्ण अन्तर विरोध र वाह्यरुपमा विदशी शक्तिहरुको नेपालमाथिको हस्तक्षेपमा भइरहेको निकृस्ट प्रतिस्पर्धा । यो नयाँ व्यवस्था वा देशको स्वाधिनताको लागि हैन । केवल सत्ताको कुत्सित मनसाय पुरागर्न घटाइएको घटना हो । अहिले परिणामले त्यही पुष्टि गरेको छ ।
जहाँसम्म निर्वाचन की पुनस्र्थापना भन्ने प्रश्न छ यी दुवैकुरा नेपालमा विकसित द्धन्द्ध र हस्तक्षेप रोक्ने बाटो हैन । सबभन्दा पहिले संसदको काम के हो बुझ्नु पर्दछ । संसदको मुख्य तीनकाम हुन । पहिलो विधी नीति वनाउने दोस्रो सरकार बनाउने र तेस्रो सरकार र संवैधानिक निकायहरुलाई नियन्त्रण गर्ने । यी कुनै कामगर्न नसक्ने यस्तो वेकम्मा संसद किन पुन्स्र्थापना गर्ने? दोस्रो केही मान्छे जम्माभएर कुटकाट आगजनी गरेपछी विघटित हुने संसदको निर्वाचन किन गर्ने ? भोली अर्का थरिले पनि त कुटकाट गर्लान । अनि देशको काम चुनाव मात्रै गराइरहने हो ? यसकारण सवैले के प्रष्ट हुन जरुरी छ भने प्रतिक्रियावादी राज्यसत्ताको वर्तमान संरचना असफल भयो । अव नेपाली जनताले नयाँराज्य सत्ता निर्माण गर्नुपर्दछ । त्यसको लागि तत्कालको निम्ति राजनीतिक गोलमेच र दीर्घकालिन समाधानको लागि वर्तमान सत्ताको ध्वंस र जनसत्ताको निर्माण सवैभन्दा सही वाटो हो ।
दुई ट्रक र दुई करोड
एकजना रिटायर्ड एआइजीले दाहालको घरवाट अघिल्लै दिन दुई ट्रक र दुइकरोड वाहिर लगिसकेको कुरा सार्वजनिक गरेका छन् । त्यसको स्कर्टिंग कुनै पूर्व मन्त्रिले गरेको कुरा पनि उनले वताएका छन । सायद अभिव्यक्तिमा केही त्रुटी होला दुइ ट्रक सामान र दुइकरोड रुपिया भनेको हुनु पर्दछ । यसले सामाजिक सञ्जालमा निकै स्थान पनि पाएको छ । २४ गते देशभर जव आगलागि सुरुभयो । चितवनमा दाहालको घर जलिरहेको फोटो सार्वजनिक भएपछी चितवनवारे जान्न मैले फोन गरे । अरु विवरण संगै दाहालको घर जलेको कुरालाई उनले नाटक भने । ट्रकका ट्रक सामान पहिल्यै ओसारि सकेका थिए । उनकै मान्छे आगो लायर हिडेका छन । म अलि झस्किएँ र भने नाटक गर्न आफ्नै घरमा आगो त लगाएनन होला भने । उनले आफ्नो कुरामा जिकिर गरेपछी म चुप बसे ।
त्यस पछी फटाफट भिडिओ आउन थाल्यो । सिंहदरवारमा आगोलाउन उक्साउने माओवादी, सर्वोच्चमा आगोलाउन उक्साउने माओवादी, एमाले, काँग्रेसको पार्टी कार्यालयमा आगो लगाउने मा पनि माओवादीको कार्यकर्ताको संलग्नताको कुराहरु आइरहेका छन । काँग्रेस एमालेको कार्यालय भने ध्वस्त भए । माओवादीको भने सामान्य । भोलीपल्ट पार्टी कार्यालयमा उपत्यकामा उपस्थित केन्द्रीय सदस्यहरुको वैठक बस्यो । भैंसैपाटीको मन्त्रि क्वाटरमा आगो लगाउनेमा अधिकांस रास्वपा र माओवादीका कार्यकर्ता थिए भन्ने वैठकमा रिपोर्ट भयो । हेटांैडा, विराटनगरबाट पनि उनीहरुको संलग्नताको कुरा आयो । यि सवै कुराहरु हेर्दा आगजनीमा माओवादी र रास्वपाका कार्यकर्ताहरुको अधिकांस स्थानमा संलग्नता देखिन्छ । यसैक्रममा एकजना अतिरिक्त महानिरिक्षक जस्तो जिम्वेवार अनुसन्धान अधिकारीले वोलेको कुरा ख्यालख्याल होला भन्न गाह्रो छ ।
यसकारण आयोगले यसको विस्तृत अनुसन्धान गर्नु पर्दछ र माओवादी पार्टीले पनि अनुसन्धान गरि त्यस्ता तत्वहरुलाई पार्टीबाट कार्वाही गरी कानुनी उपचार गराउनु पर्दछ ।
पार्टी सुधारको कुरा
अचेल संसदवादी पार्टी भित्र सुधारको निकै चर्चा भैरहेको छ । चारवटा पार्टी काँग्रेस, एमाले, माके र समाजवादीमा नेता बदले पछी सब ठिकहुन्छ भन्ने कुरा चर्चामा बढि छ । काँग्रेस भित्र चार गुट देखिदैछ । पहिलो राजावादी, दोस्रो भारतीय काँग्रेस , तेस्रो अमेरिकी काँग्रेस र चौथो निभ्न लागेको समाजवादी काँग्रेस । उसको नीतिमा खासै समस्या नभएको ले नेतृत्व वदले होला ।
तर आफुलाई कम्युनिष्ट हु भन्न नछाडेकाले एमाले, माके र समाजवादीमा व्यक्ति बदलेर केही हुनेवाला छैन । नेतृत्व बदलेपनि नबदले पनि यिनमा विकास भैरहेको अन्तरविरोध अझै वढने छ । यदी नीतिमा सुधार गरेनन भने यिनको विनास अवस्यंभावि छ ।
यि तिनै पार्टीले सवभन्दा पहिले संसदवादी विसर्जनवाद छाडेर क्रान्तिकारी जनवादी वाटोमा आफुलाई वदल्नु पर्छ । यति गर्ने वित्तिकै यिनको राजनीतिक कार्य दिशा बदलिने छ । जसले नेतृत्वको, व्यवहारको, कार्यशैलीको र उपभोक्ता वादले सिर्जना गरेकोे अन्तरविरोधहरु स्वतः हल हुनेक्रममा जानेछन र अन्तरविरोधको स्वरुप बदलिनेछ । अव एमाले, माके र समाजवादीले टुंगो गर्नेवेला आयो । प्रतिक्रियावादीको तलुवा चाटेर लातखाँदै सकिने कि आफ्नो गौरवपूर्ण विगतलाई संझेर वदलिने । नीतिगत सुधार नभै नेतृत्वको सुधार खोज्नु व्यर्थ हो । किनकी क. पुष्पलालले भन्नु भएको छ नीति प्रधान हो ।
देशको बाटो
एमसिसिको विपक्षमा जतिसुकै हो–हल्ला चलेपनि नेपालमा संविधान २०७२ पास गरेझै सम्पूर्ण बहुमतले एमसिसि पास गरेको निर्लज्ज एपिसोड हामीले हेरेकै हो ।
डोनाल्ड ट्रम्पले शुरुवाती जोशमा त्यसलाई खारेज गरिदिंदा एमसिसि विरोधी हल्लाखोरहरु हौसिएको पनि हो ।
हल्लाखोर भनेकोमा नरिसाउनुस् ल ! तिनीहरुले एमसिसी पास भए ज्वालामुखी विष्फोट भए झै जनविरोध आउने धमास दिएतापनि पास गरेको बेला सबै भिजेको मुसो जस्तो अनुहार बनाइ बसेको देखेपछि, ए !!! इनेरु त हल्लाखोर मात्र रहेछन भन्ने उजागर भएको थियो।
तर पछि ट्रम्प स्खलित भएपछि एमसिसि ब्युँतियो अरे भन्ने सुनियो । मलाइ यकिन जानकारी छैन।
अहिले जेनजी आन्दोलनले बनाएको सरकार, मन्त्रीहरु र ती मन्त्रीहरुले अब आउने चुनाव जित्नको लागि थालेको पार्टी बनाउने प्रयासहरु हेर्दा नेपाल अब झनै उत्कर्ष लेभलको एमसिसि माहौलमा पस्न हतारिएको महसुस हुन्छ ।
मैले त्यसलाइ एमसिसि २.० भन्दिएँ लौ जा।
आशा छ, एमसिसि १.० मा बिना होहल्ला त्यो अभियान सफल बनाउन सघाएका कुलम्यानलाई अझ राम्रो जिम्मेवारी र पुरस्कार पनि मिल्ने नै छ।
एउटा कमेन्टमा त हिजै लेखिदिएको हो। विचरा गोल्डेन म्यानलाई त स्वाँक्कै सुँघाए जस्तो छ भनेर। बेहोसै त उनी हुँदैनन् होला। अर्धबेहोसीबाट उनी तंग्रिएपछि ती दुइ म्यानहरुको सिंगल फाइट चल्ने विश्लेषण पेश गर्दै त्यो फाइट हेर्ने उत्सुकता जताएम् के रे!!!
कुरा बुझौं, मुसुमुसु हाँसौं।
आज राष्ट्रिय चरित्रको क्रान्तिवारे
नेपाल कम्युनिष्ट पार्टीले पार्टी स्थापना दिवसको दिन भाद्र ३० गते जनविराधी, देशघाती, भ्रष्टसत्ता विरुद्ध जनविद्रोह गरौ भनेर विद्रोहको घोषणा गर्यौ र निरन्तर विद्रोहको कार्यदिशा कार्यान्वयन गर्न लागि रहेकै छौ । हामीले यस्तो विद्रोह वा क्रान्ति राष्ट्रिय चरित्रको हुने भनेर परिभाषित गर्यौ । हामीले किन राष्ट्रिय चरित्रको क्रान्ति भन्यौ आज यसवारे अलिकति छलफल गरौ ।
नेपालको जनसंघर्ष विद्रोह वा क्रान्तिहरुले राष्ट्रिय चरित्र ग्रहण गर्न सकेनन अर्थात विदेशीको प्रायोजनमा संघर्षहरु भए । २००७मा भएको राणा विरोधी आन्दोलन दिल्लीको प्रत्यक्ष प्रायोजनमा भयो । राजा आफै दिल्लीको शरणमा पुगे र दिल्ली संझौता मार्फत त्यो आन्दोलन टुंग्याइयो । यति सम्म कि नेपालको क्यविनेट वैठकमा दिल्लीको प्रतिनीधि रहन्थ्यो । ७ देखि १७ सम्ममा नेपालले कोशी, गण्डक जस्ता महत्वपूर्ण श्रोतहरु गुमायो ।
२०१७ सालमा महेन्द्रले नेहरुकै बुइ चडेर कु गर्यो । यसको शासनकाल ४६ सम्ममा कालापानी, सुस्ता, महेशपुर लगायत धेरै भु–भाग गुमायो ।
२०४६ को आन्दोलन पनि राष्ट्रिय चरित्रको बनेन । चाक्सीवारीमा दिल्लीका प्रतिनीधि चन्द्रशेखरको प्रत्यक्ष निर्देशनमा यो आन्दोलन चल्यो र उनकै निर्देशनमा टुंगियो । देशले स्वाधिनता अर्थतन्त्र निर्माण गर्ने सवै आधारहरु गुमायो । एकाधिकार पूँजीवादको हितमा देशका सवै उद्योग धन्दाहरु बेचिए । विदेशीलाई नागरिक बनाएर नेपालीहरुनै अल्पमतमा पुग्ने स्थितिमा देशलाई पुर्याइयो ।
५२ देखि माओवादीले हतियार उठायो । यसको परिचालनमा पनि दिल्ली र इयुको प्रायोजन देखियो ।उनकै निर्देशन र योजनामा युद्ध समाप्त गरियो । देशले खरवौको क्षति व्यहोर्यो । अर्थतन्त्र डामाडोल बन्यो । जनतामा हिंसाले प्रधान्यता पायो । लुटतन्त्र बलियो भयो । देश विदेशी रणनीतिक कृडास्थल बन्यो ।
पछिल्लो समय जेनजी नामको प्रायोजित विद्रोहले देश नै जलायो । देशको बचेखुचेको अर्थतन्त्रमात्र स्वाहः पारेन देशको गौरव र इतिहास नै खरानी बनायो र सत्ताको केन्द्रमा विदेशीलाई पुर्यायो । देशलाई अस्तित्व रक्षाको संकटमा धकल्यो र विदेशीहरुको रणनीतिक खेलमैदान बनायो ।
यि सवै संघर्षहरुमा नेपाली जनताले ठुलाठुला वलिदान गरेका छन । तर परिणाम सधै देश र जनता विरुद्ध । हरेक आन्दोलनपछी नेपालले आफ्नो स्वधिनता गुमाएको छ, अखण्डता गुमाएको छ र श्रोत साधन अनि राष्ट्रिय अर्थतन्त्र गुमाएको छ । यसको मुख्य कारण हो हाम्रो संघर्ष राष्ट्रिय चरित्रको रहेन । प्रायोजित संघर्षमा नै हमी रमायौ । त्यसै कारणले हामी (नेकपा) ले आफ्नो संघर्षमा राष्ट्रिय चरित्रको विशेषण जोडेका हौ ।
(लेखक नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष हुनुहुन्छ)

