कोरला नाका सरकारको प्राथमिकतामा : गृहसचिव दङ्गाल

कोरला नाका सरकारको प्राथमिकतामा : गृहसचिव दङ्गाल

ram naam satya

मुक्तिनाथ (मुस्ताङ) : मुस्ताङको लोमान्थाङ गाउँपालिकामा–१,छोसेरस्थित नेचुङमा अध्यागमन(इमिग्रेसन) कार्यालयबाट सेवा प्रवाह सुरू गरेपछि गृह सचिव रामेश्वर दङ्गाल सहितको टोलीले उपल्लो मुस्ताङको निरीक्षण गर्नुभएको छ ।

 

आइतबार हवाईमार्ग हुदै मुस्ताङ आउनुभएका गृह सचिव दङाल सहितको टोलीले जिल्लाको बस्तुस्थितीका बारेमा प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायसँगको छलफलपछि अध्यागमन (इमिग्रेसन), भन्सार कार्यालय,सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बीओपी)सहित नाकामा रहेका सरकारी संयन्त्र तथा संरचनाको निरीक्षण गर्नुभएको थियो ।

 

कोरला नाका ब्यवसायिक रुपमा सञ्चालन भएपछि हालसम्मको प्रगति, समस्या तथा आगामी दिनमा गर्नुपर्ने कामका बारेमा भन्सार प्रमुख रमेश खड्का र अध्यागमन कार्यालयका प्रमुख प्रवेश बडुवालले कोरला नाकाबाट समेत तिब्वत क्षेत्रको भ्रमणका लागि भइरहेको सहजीकरणका बारेमा जानकारी गराउनुभएको थियो ।गृहसचिव दङ्गालले कोरला नाका सञ्चालन तथा यस क्षेत्रमा स्रोतसाधन प्रयाप्त बनाउन सरकार प्रतिबद्ध रहेकाले आफ्नो जिम्मेबारी अनुसार काम गर्न समेत कार्यालय प्रमुखलाई निर्देशन दिनुभएको थियो । गत भदौ महिनाको ३० गते ब्यवसायिक रुपमा भन्सार कार्यालय सञ्चालन तथा अध्यागमन कार्यालयले सेवा सुरु गरेपछि नेपाल सरकारको माथिल्लो तहबाट पहिलोपटक भ्रमण भएको छ ।

 

गृहसचिव दङ्गाललाई उपल्लो मुस्ताङलाई अर्धनिषेधित क्षेत्रबाट हटाउन, विदेशी पर्यटकको समयअवधि बढाउन, नाकाबाट तिब्वती क्षेत्रमा जान थप सहज बनाउन लगायत स्थानीयका समस्याका बारेमा लो–घेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्पेल बिष्टले अनुरोध गर्नुभएको थियो। गृहसचिव दङाल सहित टोलीमा अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारी रहनुभएको छ ।

 

त्यसैगरी टोलीका अन्य सदस्यहरूमा गण्डकी प्रदेशका प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्य, गण्डकी प्रदेशका सशस्त्र प्रहरी बलका नायब महानिरीक्षक दिपेन्द्र शाह, जिल्ला प्रशासन कार्यालय कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, मुस्ताङका प्रजिअ विष्णुप्रसाद भुसाल, प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामा,सशस्त्र प्रहरी बलका नायब उपरीक्षक, सशस्त्र प्रहरी भेसराज गिरी र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका प्रमुख विष्णुहरि पण्डित लगायतको उपस्थिती रहेको थियो ।

 

गृह सचिव सहितको टोलीलाई कोरला नाकालाई प्रभावकारी बनाउन साधनस्रोत, जनशक्ती सहित भौतिक पूर्वाधार विस्तारका साथै कागबेनी– कोरला सडक कालोपत्रेलाई उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिइएको थियो । गृहसचिव सोमबार मुस्ताङबाट फर्किने कार्यतालिका रहेको छ । GP

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *