पूर्वगृहमन्त्री लेखक जाँचबुझ आयोगमा बयान दिन उपस्थित

पूर्वगृहमन्त्री लेखक जाँचबुझ आयोगमा बयान दिन उपस्थित

ram naam satya

काठमाडाैं : नेपाली कांग्रेसका नेता तथा तत्कालीन गृहमन्त्री रमेश लेखक गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगमा बयान दिन उपस्थित हुनुभएको छ ।

आयोगले यसअघि लेखकलाई बयानका लागि बोलाएको थियो । सुरुमा पुस १३ गतेका लागि तोकिएको समयमा विशेष कारणले उपस्थित हुन नसकेपछि लेखक सोमवार दिउँसो आयोगमा पुग्नुभएको हो। गौरीबहादुर कार्की नेतृत्वको यो तीन सदस्यीय आयोगले जेनजी आन्दोलनका क्रममा प्रहरीको अत्यधिक बल प्रयोग, मानवअधिकार उल्लङ्घन र भएको क्षतिको छानबिन गरिरहेको छ ।

आन्दोलनका बेला लेखक गृहमन्त्री हुनुहुन्थ्यो । शान्तिसुरक्षाको जिम्मेवारी उहाँमाथि नै थियो । आयोगले यसअघि विभिन्न सुरक्षा अधिकारी र कर्मचारीहरूको बयान लिइसकेको छ । GP

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *